नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन
शुक्रबार, पुस २३, २०७८
होटल तथा रेष्टुरेन्ट व्यवस्थापन सम्बन्धी अभिमुखिकरण
शुक्रबार, पुस २३, २०७८
जिल्लाको रम्भा गाउँपालिका ३ पिपलडाँडामा होटल तथा रेष्टुरेन्ट व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम भएको छ । एक दिने अभिमुखिकरण तालिम पिपलडाँडामा स्थित नेपाल रेडक्रसको कार्यालयमा एक कार्यक्रमका बिच भएको हो ।
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला
शुक्रबार, पुस २३, २०७८
पाल्पाको कुनसरेमा एक महिला मृत अवस्थामा फेला पेरकी छिन् । तानसेन वडा ६ कुनसरेमा ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी हुन् ।
तानसेन नगर सरकारको नौलो काम, ब्रेललिपिमा बार्षिक बजेट
शुक्रबार, पुस २३, २०७८
जिल्लाको तानसेन नगर सरकारले ब्रेललिपिमा वार्षिक बजेट सार्वजनिक गरेर नौलो काम गरेको छ । उसले आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक बजेट, नगर विकास योजना तथा आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ ब्रेललिपिमा प्रकाशित गरेको हो । सम्भवतः तानसेन नगर सरकार नेपालमै पहिलो पटक बे्रललिपिमा बजेट पुस्तिका सार्वजनिक गर्ने पालिका...
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन
शुक्रबार, पुस २३, २०७८
स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा वर्षे धान ६२ हजार २ सय ७१ र चैते (हिउँदे) धान चार हजार ४ सय ६४ गरी कूल ६६ हजार ७ सय ३५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १६ हजार ८ सय ३०...
गरिमाले लाभग्राहीलाई दिने भयो १६ प्रतिशत लाभांश
शुक्रबार, पुस २३, २०७८
गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १६ प्रतिशत बोनस सेयर दिने भएको हो । बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशतको लाभांश वितरणको प्रस्ताव गरेको छ ।
देउवाकोे भारत भ्रमण र अपेक्षा
शुक्रबार, पुस २३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नजिकिँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाका विषयमा आवश्यक तयारी भइरहेको छ । तर पनि नेपाल–भारत सम्बन्धको सुमधुरता, विश्वसनीयता र सम्मानजनक आपसी निर्भरता आदर्श अपेक्षा हुन्, दुईपक्षीय...
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा
बिहीबार, पुस २२, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका –८ बराङ्दीमा रहेको शिवासन कृषि सहकारी संस्था लिमिटेड आठौं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो ।
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा
बिहीबार, पुस २२, २०७८
नेपाली काँग्रेसले जिल्लाको इस्मा गाउँपालिकामा शोक सभा कार्यक्रम गरेको छ । इस्मा–६ वडा कार्यसमितिको आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
बिहीबार, पुस २२, २०७८
लुम्बिनी प्रदेशको रुपन्देही र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने, रोल्पामा ट्याक्टर दुर्घटनामा अर्को एक जनाको मृत्यु भएको हो ।
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो
बिहीबार, पुस २२, २०७८
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामाले एक औपचारिक कार्यक्रमका बिच चोरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको ‘खल्ती’ एप
बिहीबार, पुस २२, २०७८
राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । बैंकले प्रयोगकर्ताहरूलाई सेवा दिन नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’सँग साझेदारी सम्झौता गरेसँगै ग्राहकले यो सेवा पाएका हुन् ।


