Shittalpati
होटल तथा रेष्टुरेन्ट व्यवस्थापन सम्बन्धी अभिमुखिकरण

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका ३ पिपलडाँडामा होटल तथा रेष्टुरेन्ट व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम भएको छ । एक दिने अभिमुखिकरण तालिम पिपलडाँडामा स्थित नेपाल रेडक्रसको कार्यालयमा एक कार्यक्रमका बिच भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले रिमिया, रम्भादेवी, कालीगण्डकी ज्ञान विज्ञान प्रतिस्ठान जस्ता क्षेत्रलाई आन्तरिक प्रयर्टकसम्म पुर्‍याउन सके रम्भादेवी गाउँपालिकालाई नेपालकै परिचित गाउँपालिकाको रुपमा चिनाउन सकिने भएकाले त्यस्ता कुरामा समेत यो अभिमुखिकरण तालिम प्रभावकारी भएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, पाल्पा होटल व्यवसायका संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, रम्भा गाउँपालिका वडा ३ का वडा सदस्य यमप्रसाद अर्याल लगायतले गाउँपालिकाको वडा १ देखि ५ सम्मका होटल व्यवसायलाई दिइएको तालिम उपलब्धिमूलक र प्रभावकारी भएमा आगामी दिनमा प्रत्येक वडाहरुमा छुट्टाछुट्टै तालिम दिन आफू तयार रहेको बताए । कार्यक्रममा प्रशिक्षक मदन भट्टराई र लक्ष्मण बस्यालले व्यवसाय सम्बन्धी जानकारी दिएका थिए । गाउँपालिका वडा ३ का वडासदस्य विश्व अर्यालको अध्यक्षता, पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसाय संघका उपाध्यक्ष जिवलाल सुवेदी स्वागत मन्तव्य रहेका थियो । पालिका प्रसासन शाखा प्रमुख भक्तजन राना र संघका उपाध्यक्ष जयराम सापकोटाले कार्यक्रमको सञ्चालनमा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update