Shittalpati
क्षयरोग दिवसको सान्दर्भिकता
क्षयरोग दिवसको सान्दर्भिकता हरेक वर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । आज पनि विभिन्न सचेतनाका कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो ।
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमार्फत बुझाउन आग्रह गरेको हो ।
शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री
शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवाका शिक्षासेवी सन्तोष गौतमले विद्यार्थीहरुलाई खाजा सामग्री दिएका छन् । उनले सत्यवतीका तीन विद्यालयका विद्यार्थीहरुलाई खाजा सामग्री दिएका हुन् । गौतमले जनता मावि अस्लेवा, द्वागा प्रावि र मचाकोट प्राविमा पुगी यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ग्लुकोज, पानी पिउने बोतल र टिफिन वक्स वितरण गरेका छन् ।
देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द
देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द देशभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गरी देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्न लागेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य
अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उनी बताउँछन् । भारतीय बजारलाई लक्षित गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।
सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अड्ढित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९ सय ७० रुपैयाँ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री...
पुरुषोत्तमले ल्याए जिल्ला चिनाउने ‘पाल्पाली ढाका’ गीत
पुरुषोत्तमले ल्याए जिल्ला चिनाउने ‘पाल्पाली ढाका’ गीत पाल्पाली गायक पुरुषोत्तम गैरेले पाल्पालाई चिनाउने गीत ल्याएका छन् । उनले पाल्पाको धार्मिक, साँस्कृतिक, पर्यटन क्षेत्रलाई समेटिएको ‘पाल्पाली ढाका’बोलको गीत ल्याएका हुन् । गायक गैरेले उक्त गीत केही दिन अघि तानसेनबाट लोकापर्ण गरेका छन् । उक्त गीत तानसेन नगर सरकारका प्रमुख अशोककुमार शाहीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ...
गंगा, जमुना लघु चलचित्र प्रदर्शन
गंगा, जमुना लघु चलचित्र प्रदर्शन जिल्लाको रिब्दीकोट गाउँपालिकामा गंगा, जमुना लघु चलचित्र प्रदर्शन गरिएको छ । मोहन कन्या जागृती बाल क्लब द्वारा निर्मित म्याप नेपालको सहयोगमा बनेको बाल विवाह रोकथाम विषयक गंगा जमुना लघु चलचित्र एक कार्यक्रमका बिच गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरिएको हो ।
बेरोजगारीको डर लाग्दो दृश्य
बेरोजगारीको डर लाग्दो दृश्य स्थानीय तहको निर्वाचनका लागि चैत ६ गतेदेखि म्यादी प्रहरीको भर्ना सुरु भएको छ । देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन युवा पुस्ताको लर्को छ । डेढ महिने रोजगारीका लागि आवेदन दिन सयौं युवा चर्को घाममा लामबद्ध देखिन्छन् ।
Weather Update