Shittalpati
देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द

पाल्पा, देशभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गरी देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्न लागेको जनाएको छ । उसले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update