Shittalpati
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमार्फत बुझाउन आग्रह गरेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन एक सूचना जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तद्वारा जारी सूचनामा १५ दिनभित्र सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गरिएको छ । सूचनामा प्रशासनले चैत २३ गतेभित्र नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन सम्बन्धित व्यक्तिहरूलाई भनेको छ । उसले सो हातहतियार निर्वाचन सम्पन्न भए पश्चात सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update