Shittalpati
शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री

गुल्मी, जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवाका शिक्षासेवी सन्तोष गौतमले विद्यार्थीहरुलाई खाजा सामग्री दिएका छन् । उनले सत्यवतीका तीन विद्यालयका विद्यार्थीहरुलाई खाजा सामग्री दिएका हुन् । गौतमले जनता मावि अस्लेवा, द्वागा प्रावि र मचाकोट प्राविमा पुगी यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ग्लुकोज, पानी पिउने बोतल र टिफिन वक्स वितरण गरेका छन् । शिक्षासेवी गौतमले एक औपचारिक कार्यक्रमका बिच उक्त खाजा सामग्री वितरण गरेका हुन् । गर्मी मौसम सुरु भएसँगै साना कक्षाका विद्यार्थीहरुका लागि खाजा, पानीको समस्या हुने भएकाले ग्लुकोज, पानी पिउने बोतल र टिफिन वक्स वितरण गरेको गौतमले बताए । कार्यक्रममा खाजा सामग्री पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन् ।

विपन्न परिवारका विद्यार्थीहरका लागि खाजा सामग्रीले महत्वपूर्ण टेवा पुग्ने जनता माविका प्रअ युगराज पाण्डेयले बताए । उनले विद्यार्थीहरुका लागि देखाएको सहयोग र सद्भाव प्रशसंनीय रहेको भन्दै शिक्षासेवी गौतमलाई धन्यवाद दिए । विद्यालयका सहायक प्रअ विष्णु पाण्डेले विपन्न विद्यार्थीहरुका लागि स्थानीय सरकार र विद्यालयले गर्नुपर्ने काम व्यक्तिगत रुपमा गौतमले गरेकोमा खुसी व्यक्त गरे ।

गौतमका बुवा तथा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य नम प्रसाद गौतमले सामाजिक क्षेत्रमा छोरोले गरेको काम देख्दा सुखी लागेको बताए । गौतम शिक्षासँगै सामाजिक, राजनीतिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेका छन् । गत वर्ष गौतमले कोरोना महामारीबाट प्रभावित विद्यार्थीहरुका लागि स्वास्थ्य सामग्रीसँगै शैक्षिक सामग्री समेत उपलब्ध गराएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update