Shittalpati
पर्यटक लोभ्याउने गुल्मीको धुवाखोला होमस्टे

जीवलाल सुवेदी
गुल्मीको पूर्तिघाटबाट माथि करिव १० किलो मिटर धुवाखोला होमस्टे पर्दछ । मिति २०७४/०४/०५ मा स्थापना होमस्टे गुल्मी जिल्लाकै प्रख्यात होमस्टे हो । यहाँ मगर जातिको बाहुल्यता भएपनि यो होमस्टे गुरुङ्ग समुदायले चलाएका छन् । गुरुङ्ग समुदायले स्थापना गरेको यस होमस्टेमा कल्चरमा रोधी, गुरुङ्ग खानाका परिकार ढेडो, कोदोको सेल, गुन्द्रुक अचार, रस, कोदोको रक्सी, लोकल कुखुराको मासु यही उत्पादन भएका गेडागुडी सम्पूर्ण लोकल खाना र रमणिय वातावरण अवलोकनका लागि बाहै्र मास पर्यटकहरु पुग्ने गर्दछन् । नेपालको ठूलो मिर्मी हाइडो पावर र पूर्तिघाट नजिकै काखैमा अवस्थित गुरुङ्ग गाउँको होमस्टे पुग्ने पाहुनाको आथित्य सत्कार गुरुङ्ग संस्कृत, कला, भेषभुषा र खानपानले त्यहाँ पुग्ने पर्यटकलाई चकित र मोहित बनाउँछ । यहाँ ५ घरमा होमस्टे सञ्चालनमा छन् । पर्यटकको चाहना अनुसार गुरुङ संस्कृत झल्काउने नाँच झाँम्रे सोरठी लगाएतका गीत नृत्य प्रस्तुत गरिन्छ ।

त्यहाँ नजिकैको कालिलेक सिद्धबाबा वरिपरी वाहै्र महिना हरियाली डाँडामा अवस्थित मठमन्दिर शान्त वातावरण, तरकारी, फलफुल अर्गानिक खाना सिंगारिएका घर यहाँबाट देखिने हिमश्रृङ्खला यस क्षेत्रको मुख्य आकर्षण हो । यहाँ घुम्न आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको होमस्टेका अध्यक्ष राजेन्द्र गुरुङ्ग बताउँछन् । त्यसैगरी होमस्टेलाई अझै प्रभावकारी बनाउन दिलमाया गुरुङ्ग, यानुमाया गुरुङ, पूर्णकला गुरुङ, सुमित्रा गुरुङ्ग लगायतका व्यक्तिहरु लागेका छन् । यहाँ शुरु शुरुमा पर्यटक कम मात्रामा आउने गर्थे । त्यसपछि कोभिड–१९ का कारण धेरै असर पर्‍यो भने अहिले दैनिक रुपमा आन्तरिक बाÞय पर्यटक आउने गरेका छन् । यहाँ गाउँको ५ घरमा सञ्चालित होमस्टेमा २५ जना भन्दा बढी बस्न सकिने छ । गाउँको ५ घर होमस्टेबाट बढाउदै लैजाने यहाँका होमस्टे सञ्चालहरुको योजना रहेको छ । यहाँ पर्यटकको चाहना अनुसार खाना, खाजा नास्तासँगै नाचगान देखाउने चलन छ । प्रसिद्ध कालिलेख सिद्धबाबासँगै रहेको गाउँपालिका कालिगण्डकी भित्र धुवा खोला होमस्टे रहेको छ । यहाँका होमस्टे पुग्नका लागि घर–घरमै मोटर बाटो पुगेको छ । यहाँ प्रायजसो होमस्टेमा पुग्ने मोटर बाटो धुल्याम्बे र कच्ची मोटर बाटो भएकाले पर्यटकलाई भने थोरै असहज देखिन्छ । होमस्टे पुग्न पक्की सडक निर्माणका लागि स्थानीय सरकार लागिपरेको गाउँपालिका अध्यक्ष बेद थापा बताउँछन् । साथै यस ठाउँमा रेसुङ्गा रुरुक्षेत्र, कुर्घामालिका, शान्तिपुर, शालिमे, कालीगण्डकी रिडी धाम सहित गुल्मी जिल्लाका महत्वपूर्ण धार्मिक क्षेत्रहरु हुन् ।

लुम्बिनी प्रदेशको महत्वपूर्ण धार्मिक स्थलहरु मध्ये गुल्मी एक हो । पर्यटकीय क्षेत्र गुल्मी आफैमा महत्वपूर्ण क्षेत्र हो । ऐतिहासिक धार्मिक क्षेत्र रुरु रेसुङ्गा र विचित्र गुफा, रेसुङ्गा विमान स्थल, कालीगण्डकी धार्मिक क्षेत्र, गुल्मीको रिडी यहाँका महत्वपूर्ण स्थलहरु हुन् । गुल्मीमा विभिन्न किसिमका जातजातीहरुको बसाई छ । जसमा बाहुन, क्षेत्री, मगर, दलितहरुको अत्यन्तै बाक्लो बस्ती छ । यहाँको संस्कृति सभ्यता धार्मिक कर्म अत्यन्तै विश्वास लाग्ने जिल्लाहरुमा गुल्मी पनि पर्ने गरेको छ । यहाँको धार्मिक स्थलको साथमा गीतसंगीतमा अत्यन्तै अब्बल छ । मानिसहरुको बोलीचाली भेषभुषामा मिठास छ । हामी जो कोही पनि गुल्मीको रिडीबाट उकालो बाटो जादैँ गर्दा बाटोको छेउछाउको बजार हरियाली डाँडाकाडा देख्न पाउछौं । गुल्मीका महत्वपूर्ण स्थलहरु रेसुङ्गा, तम्घास, शान्तिपुर, शालिमे, भेडुवा, हुँगा, छत्रकोट, राजापुर लगायतका स्थानहरु अत्यन्तै महत्वपूर्ण स्थलहरु हुन् । गुल्मीको कफि भने पछि मानिसहरु हुरुक्कै हुन्छन् । त्यस्तै उखुबाट बनाएको गुण यी दुई वटा गुल्मीका प्रमुख विषय हुन् । गुल्मी पुग्ने वित्तिकै जसले पनि गुण र कफि सम्झन्छन् धेरै मानिसहरु गुण र कफि किनेर ल्याउने गर्दछन् ।

धर्म र कर्म गर्ने गुल्मी जिल्लामा रुपन्देही, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पर्वत, पोखरा, कास्की, काठमाडौं नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरुको ओइरो लाग्ने गर्दछ । जो कोही गुल्मी जिल्ला पुगिसकेपछि फर्कन मान्दैनन् । धार्मिक स्थलहरुमा धेरै किसिमका पूजा आजा हुने गरेको पाइन्छ । त्यसका साथै ती क्षेत्रहरुमा प्रत्येक वर्ष महोत्सव लाग्ने गरेको हुन्छ । रेसुङ्गा रुरुक्षेत्र कुर्घामालिका, शान्तिपुर, शालिने, लगायतका स्थानहरुमा महोत्सव सञ्चालन हुँदा त्यहाँको पहिचान हुने गरेको छ । महोत्सवमा अति विकट क्षेत्र मुस्ताङ, मनाङ र अन्य जिल्लाहरुबाट राणीपाखी (कम्मल) मुस्ताङमा पाईने जिम्मु लगायतका सामग्री ल्याएर गुल्मीमा विक्री गरेको पाईन्छ । गुल्मीको अर्को महत्वपूर्ण स्थान विचित्र गुफा तम्घासदेखि आधा घण्टामा पुग्न सकिन्छ । विचित्र गुफाभित्र पस्दा स्वर्ग जाने बाटो समेत देखिन्छ । त्यहाँ भित्रका विभिन्न आकृतिले मानिसको मन शान्ति बनाउँछ । त्यहाँ धेरै जिल्लाका मानिसहरुले भ्रमण अवलोकन गर्ने गर्दछन् । त्यहाँ पुग्ने जो कोही पनि फेरी विचित्र गुफा हेर्न जान खोज्छन् । त्यसैगरी गुल्मीको रेसुङ्गा तम्घासबाट करिब आधा घण्टामा पुगिन्छ । रेसुङ्गा मन्दिर पोखरी विचित्रको कुवा जहाँ कहिल्यै पनि पानी सुक्दैन । एक जना ऋषि काठमाडौंको कलङ्कीमा जन्मिएर ४० वर्षसम्म त्यहाँ तपस्या गरेको इतिहासमा उल्लेख छ । २०२८ मा उनको स्वर्गरोहण भएको हो ।

रुरु रेसुङ्गा मन्दिरमा यस स्थानकै तामा उत्खनन् गरी तामाको छाना लगाइएको छ । यो तामाको छाना एकुनन्द सोमिका पालामा राणा कालमा लगाइएको हो । यसलाई यहाँको लोकल तामा पनि भनिन्छ । पहिले सामान्य अवस्थामा थियो पछि तामाको छाना लगाइएको इतिहासमा उल्लेख छ । यहाँ एउटा पोखरी छ । जसको नाम महापोखरी हो । पोखरीमा साउन महिनामा विशेष मेला लाग्ने गर्दछ । लाखौ भक्तजनहरुले दर्शन गर्न आउने गर्दछन् । त्यसमा पनि बढी शिवजीको पूजा हुन्छ । कात्तिकमा ठूलो एकादशीमा एक दिन विशेष मेला लाग्छ । यस पोखरीमा स्नान गरेर दर्शन गर्नाले अनेक प्रकारका रोगव्याधीहरु नलाग्ने र मनोकांक्षा पुरा हुने जनविश्वास छ । बाटो माथी सानो मैरी जस्तो मन्दिर छ । त्यसलाई गरुणथान गरुण भगवानको मन्दिर भनिन्छ । त्यसको भित्र पट्टी भने राम नारायण कुवा छ । यो कुवाको विशेषता बाह्रै महिना पानी नसुक्ने अहिले हामीले समुन्द्री सतह मापन गरे अनुसार रेसुङ्गाको उचाई २ हजार ३ सय ४८ छ । यत्रो ठूलो उचाईमा पानी नसुक्ने यो एक मात्र हो । यस क्षेत्रमा साउनमा पनि पानी बगेर नजाने, माथिबाट पनि बगाएर नलग्ने बाह्रै महिना पानी नसुक्ने यस कुवाको विशेषता हो । यहाँ अखण्ड अनेक प्रकारका शालिग्राम छन् । त्यसको पनि दर्शन गर्न सकिन्छ । २०४२ सालमा योगी नगेन्द्रनाथ आरहेले १ वर्ष कुटी योग लगाउनुभयो त्यसपछि निरन्तर्ता चलिरहेको छ । रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रको संरक्षण गरिरहेको छ । यहाँको सानो मन्दिरलाई शान्ति मन्दिर भनिन्छ । यहाँ अनेक प्रकारका शिलाहरु छन् । जुन भवनमा हामी बसिरहेका छौ । यो भवनलाई पनि पण्डित नारायण स्मृति भवन भनिन्छ । उनले २०६० सालमा यज्ञ लगाए । यो आश्रम हो । ५०/६० जना बस्न सक्ने यसको क्षमता छ । यहाँ शुद्ध शाहाकारी खाने व्यवस्था पनि छ । जसलाई राधा कृष्ण मन्दिर भनिन्छ । यस भन्दा माथि ५ मिनेट पर गएपछि यो मन्दिरमा पुगिन्छ । यहाँ बाल सिद्धस्थानको मन्दिर छ । यसलाई हामीले सिद्धबाबा भनेर चिनिन्छ । उहाँलाई शिवको रुप मानिएको छ । यहाँ विशेष गरी साउन महिनामा पुजा हुन्छ । साउन भर यस मन्दिर खुल्ला रहन्छ । उहाँलाई गाईको दूध चढाउनुपर्छ । नरिवल, परेवा उडाउने चलन छ । यस क्षेत्र नजिकै भ्युटावर छ । त्यहाँबाट गोरखपुर, सुनौली देख्न सकिन्छ । मौसमले साथ दियो भने यो टावरबाट अनेकौ दृष्य अवलोकन गर्न सकिन्छ । पोखरीबाट १० मिनेट अगाडि सानो रेसुङ्गा भन्ने ठाउँ छ । त्यहाँ पनि ऋषिकेश तपस्या गरेको भनिएको छ । त्यहाँ पनि काल्पनिक मुर्ति राखिएको छ ।

यो धुवाखोेला होमस्टे कनौय मन्दिर, भुमिथान, कौडिलेक सत्यवती, सिद्धबाबा मन्दिरहरु रहेका छन् भने यहाँ पहाडी स्थान भएकाले यहाँको वनहरु धेरै राम्रो र हरियाली देखिन्छ । कौडे सामुदायिक वन, विसौना सामुदायिक वन, कालीलेक सामुदायिक वन रहेका छन् । गुल्मी जिल्लाकै नमुना होमस्टे धुवाखोला पहिलो होमस्टे रहेको छ । यस होमस्टे खोल्न होमस्टेका अध्यक्ष राजेन्द्र गुरुङ्ग, ७ का वडा अध्यक्ष मान बहादुर गुरुङ्ग, गाउँपालिका अध्यक्ष वेद थापा, उपाध्यक्ष तारा थापा, जिल्ला होटल व्यवसायका भेषराज कडेल, यूवराज भण्डारी त्यसैगरी होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाह कालिगण्डकी गाउँपालिकाकै स्थानीय वासी समेत भएकाले उनीहरुले उक्त स्थानलाई पर्यटन प्रवद्र्धनको निम्ति ठूलो योगदान पुर्‍याएका छन् । ७ वटै वडा अध्यक्षहरुको सक्रियतामा उक्त होमस्टे स्थापना भई ५ वटा घरमा होमस्टे सञ्चालनमा छन् । पूर्णमाया गुरुङ्ग, दिलमाया गुरुङ्ग, सुमित्रा गुरुङ्ग, विक्रम गुरुङ्ग, यानुमाया गुरुङ्गको घरमा हेमस्टे रहेको छ । २०७४ सालमा खोलिएको होमस्टे सञ्चालन अफिस, रोधी घर निर्माणका लागि हालसम्म गाउँपालिकाले २३ लाख सहयोग छ । होमस्टेसँगै रहेका गाउँहरु धेरै सुन्दर र आर्कषण छन् । धुवाखोला अधेरी खोला, हिले सिक्दी, अलाङतुङ रहेका छन् । यो होमस्टे धेरै राम्रो र पाहुनाको आथित्य सत्कारमा पनि उत्तिकै अब्बल छ ।
(लेखक प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update