Shittalpati
पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय
पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय आसन्न स्थानीय तहको निर्वाचन गराउनका लागि पाल्पाका दशवटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।
प्रविधिमैत्री बन्दै कुसुम सहकारी
प्रविधिमैत्री बन्दै कुसुम सहकारी पाल्पाको तानसेनमा प्रधान कार्यालय रहेको कुसुम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड प्रविधिमैत्री बन्दै गएको छ । स्थापनाको छोटो समयमै सहकारीले आफ्नो सेवालाई प्रविधिसँग जोड्दै लगेको हो । उसले सहकारी संस्थालाई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि चेक, मोबाइल एप्स र एस.एम.एस सेवाको सुरुवात गरेको छ ।
माथागढीले निर्माण गर्‍यो मातृभाषामा पाठ्यपुस्तक
माथागढीले निर्माण गर्‍यो मातृभाषामा पाठ्यपुस्तक जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको माथागढी गाउँपालिकाले मातृभाषमा पाठ्यपुस्तक समेत निर्माण गरेको छ । गाउँ सरकारले स्थानीय पाठ्यक्रममा आधारित रहेर पठनपाठन गर्दै आएका गाउँपालिका भित्रका बालबालिकाहरुका लागि अहिले मातृभाषाका पाठ्यपुस्तक तयार गरेको हो ।
गुल्मी महोत्सवमा ६ करोड कारोवार
गुल्मी महोत्सवमा ६ करोड कारोवार जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालन भएको महोत्सवमा ६ कारोडको कारोबार भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा करिव ६ करोड बढीको आर्थिक कारोवार भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।
छन्द दिवसको सन्दर्भ
छन्द दिवसको सन्दर्भ आज छन्द दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ । साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण गर्ने उद्देश्यसहित आज यो दिवस मनाउन लागिएको हो । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएपछि कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए ।
तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा
तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा जिल्लाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने ७ सय ५३ स्थानीय तहमध्येमा पाँचौ र गाउँपालिका मध्ये दोस्रो भएको छ ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । बुधबार तानसेनको लहरेपिपलमा एक औपचारिक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गरिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले गठबन्धनबिचको छलफल सहमति नजिक पुगेको बताएका छन् ।
स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी
स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी आसन्न स्थानीय तह निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । विभिन्न राजनीतिक दलबाट आकांक्षीहरूले आफ्नो दाबेदारी पेस गर्ने क्रम जारी छ । अहिले एउटै पार्टीबाट पनि धेरै जनाले नगरप्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र वडा अध्यक्षमा दावी गरिरहेका छन् ।
पाल्पाको तिनाउमा पहिरोमा परी एक जनाको ज्यान गयो
पाल्पाको तिनाउमा पहिरोमा परी एक जनाको ज्यान गयो जिल्लाको तिनाउ गाउँपालिका –१ कलचमा पहिरोमा परी एक जनाको ज्यान गएको छ । बुधबार विहान सोही ठाउँका ६१ वर्षीय दिलबहादुर हिस्कीको पहिरोमा परेर ज्यान गएको हो ।
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले खोज र खोप अभियान सञ्चालन गरेको छ । उसले पाल्पाको निस्दी र पूर्वखोला गाउँपालिकालाई कोभिडको शत प्रतिशत खोप सुनिश्चत भएको गाउँपालिका बनाउनका लागि खोज र खोप अभियान सञ्चालन गरेको हो ।
वैशाख ८ देखि रामपुरमा बेल विवाह हुँदै
वैशाख ८ देखि रामपुरमा बेल विवाह हुँदै जिल्लाको रामपुरमा बेल विवाह हुने भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा बैशाख ८ गते देखि १० गते सम्म बेल विवाह (सामुहिक ईहि यज्ञ ) हुने भएको हो । बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल...
Weather Update