पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन कतै चुनावी सभा, कतै घरदैलो
शनिबार, वैशाख १७, २०७९
मतदानका सामग्री मिलाउँदै निर्वाचन कार्यालय
शनिबार, वैशाख १७, २०७९
जिल्ला निर्वाचन कार्यालय पाल्पाले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका चाहिने सामग्री मिलाउन जुटेको छ । कार्यालयका कर्मचारीहरुले मतदान स्थलमा चाहिने आवश्यक सामग्रीहरुको एक÷एक गर्दै रुजु गरी पोका–पोका बनाई तयारी अवस्थामा राख्न थालेका छन् । मतदान केन्द्रलाई आवश्यक पर्ने मतपत्र बाहेकका सामग्रीहरु संकलन गरी जिल्ला निर्वाचन कार्यालय पाल्पाले...
मातृ दिवसको औचित्य
शनिबार, वैशाख १७, २०७९
आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ । यो प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ । आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा पवित्र हुन्छ । शास्त्रहरुमा मातालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।
मातातीर्थ औंसी : ममतामयी आमालाई मान्ने दिन
शनिबार, वैशाख १७, २०७९
‘आमाको माया पो माया, अरुको माया त दुई दिनको घाम छायाँ’ फेसबुकमा मन भित्रको शब्दहरुबाट लिइएको । प्रत्येक वर्ष बैशाख कृष्णपक्षको अमावस्याको तिथिलाई मातातीर्थ औसीको रुपमा मनाइन्छ । यो दिन भनेको आज आफुलाई जन्मदिने आमाको मुख हेर्ने र आमालाई विविध रुपले सम्मान गर्ने मातृ सम्मान दिवसको रुपमा मान्ने हो ।
रामपुरमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरू, आमाहरू उत्साहित
शनिबार, वैशाख १७, २०७९
निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रिया मार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छन् ।
ज्ञानमाला संघको हीरक महोत्सव शुभारम्भ : मोवाइलको जस्तै बुद्धको आवश्यकता खड्कियो
शनिबार, वैशाख १७, २०७९
थेरवाद बुद्ध शासनका वरिष्ठ तथा अखिल नेपाल भिक्षु महासंघका आठौं श्रद्धय संघनायक भिक्षु बोधिसेन महास्थविरले मोवाइलको आवश्यकता जस्तै भगवान गौतम बुद्धको आवश्यकता खड्किएको बताएका छन् ।
को हुन् पटक–पटक जनताले रूचाएका मधु पराजुली ?
शुक्रबार, वैशाख १६, २०७९
पाल्पाको सामाजिक र राजनीतिक क्षेत्रमा परिचित नाम हो मधु पराजुली । माथागढीको झडेवामा २०४१ साल वैशाख ८ गते बुबा कृष्ण पराजुली र आमा राममाया पराजुलीको सुपुत्रको रुपमा जन्मिएका उनले सानै उमेरदेखि विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्दै आएका छन् । २०६३ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उनले २०६५ सालमा नेपाली...
पाल्पामा गठबन्धनबाट असन्तुष्ट जनाएको समूहले लियो उम्मेदवारी फिर्ता
शुक्रबार, वैशाख १६, २०७९
पाल्पामा गठबन्धनमा असन्तुष्ट जनाएका व्यक्तिहरुले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । यहाँ वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वडातहदेखि पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका गठबन्धनका व्यक्तिहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सक्षम खेलाडी उत्पादन गर्दै माथागढी गाउँ सरकार
शुक्रबार, वैशाख १६, २०७९
खेलाडी राष्ट्रका गहना हुन् । सवल, सक्षम र योग्य खेलाडी उत्पादन गर्नु स्थानीय सरकारको दायित्व हो । सो दायित्वलाई आत्मसाथ गर्दै पाल्पाको माथागढी गाउँपालिकाले स्थानीयस्तरमा सक्षम, योग्य र सवल खेलाडी उत्पादनलाई जोड दिएको छ । कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा अब्बल रुपमा काम गर्दै आएको माथागढी गाउँ सरकारले स्थानीयस्तरमा खेलाडी...
सिवाइसी नेपालको आइपिओको बाँडफाँट
शुक्रबार, वैशाख १६, २०७९
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो ।
स्थानीय तह निर्वाचन : उत्तर नभएका प्रश्नहरु
शुक्रबार, वैशाख १६, २०७९
२०४६ सालको जनआन्दोलनको कमाण्डर स्वर्गीय गणेशमान सिंहले आफ्नो राजनीतिक जीवनमा सत्तासँग कुनै पनि सम्झौता गरेनन् । २०१५ सालको निर्वाचन सम्पन्न भएपछि राजा महेन्द्रले सरकार बनाउने समयमा विपीलाई भन्दा सुवर्ण शमशेरलाई बढी महत्व दिए । सुवर्ण शमशेरले राजाको प्रस्तावलाई अस्विकार गरे र विपीप्रति देखाएको सदासयता आजको परिणम हो ।
सक्षम व्यक्ति रोजौं
शुक्रबार, वैशाख १६, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्तापछि चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरुले आफ्नो पक्षमा जित हात पार्न मतदाताहरुसँग मत माग्दै हिडेका छन् । उनीहरुले विगतका घोषणा पत्र अनुसार नै योजना र कार्यक्रम जनता समक्ष लगेका छन् ।


