Shittalpati
स्थानीय तह निर्वाचन : उत्तर नभएका प्रश्नहरु

प्रकाश नेपाल
२०४६ सालको जनआन्दोलनको कमाण्डर स्वर्गीय गणेशमान सिंहले आफ्नो राजनीतिक जीवनमा सत्तासँग कुनै पनि सम्झौता गरेनन् । २०१५ सालको निर्वाचन सम्पन्न भएपछि राजा महेन्द्रले सरकार बनाउने समयमा विपीलाई भन्दा सुवर्ण शमशेरलाई बढी महत्व दिए । सुवर्ण शमशेरले राजाको प्रस्तावलाई अस्विकार गरे र विपीप्रति देखाएको सदासयता आजको परिणम हो । काँग्रेस भित्र पुराना कार्यकर्तालाई काँग्रेसको कार्यकर्ता हुँ भन्न लज्जाबोध भएको छ । कांँग्रेसभित्र सिद्धान्त दर्शन भन्दा व्यक्ति प्रदान भएकाले आउने निर्वाचनमा मतदान गर्ने चिन्ह ठम्याउन कठिन भएको कटु यथार्थ हो ।

स्थानीय निर्वाचन भएकाले समस्या स्थानीयतहमा हो । यो समस्याले आउने प्रदेश संघीय निर्वाचनमा अझ विकराल रुप लिने लक्षण देखियो । अहिलेको समस्याले आउने दुई तहको निर्वाचनमा त्यति बेलाका प्रवल दावेदारलाई नराम्रोसँग थला पार्ने देखियो । त्यसको कारण हो टिकट वितरणमा आफन्तवाद गुटवाद हावी भएकाले हो । यस पटकको निर्वाचनले कस्तोसम्म फेलापार्‍यो भने अहिलेका आफन्तवाद र गुटवादबाट प्रेरित भएर टिकट हात पारेकाहरुको राजनीति सदाका लागि समाप्त हुने आशंका पनि पैदा भएको छ ।

असमान, असन्तुलन रुपमा टिकट वितरण प्रणालीको नतिजा हो आधिकारीक उम्मेदवारका विरुद्धमा दर्ता भएको उम्मेदवारी यसले भविष्यमा नेपाली काँग्रेसलाई कहाँ पुर्‍याउछ भन्ने आंकलन नै टिकट वितरण भयो । त्यसैगरी कहाँ कुन ठाउँमा को लोकप्रिय छ भन्ने ख्यालै नराखी एउटा झुण्डको सिफारिसको आधारमा वितरित टिकटले नेकपा एमालेका लागि विजयी बनाउन सदाका लागि ढोका खुलेको हो भन्ने आमजनमानसको बुझाइ रहेको छ । हुन त कक्षा ७ सम्म अध्ययन गरेका विद्यार्थीलाई एका एक कक्षा १२ मा भर्ना गर्दा विद्यार्थीले परीक्षामा जति मेहनत गरे पनि रिजल्ट राम्रो दिन सक्दैन यस प्रकरणमा भर्ना हुने र भर्ना गर्ने दुवै दोषी हुनेछन् । हो राजनीतिमा पनि त्यहि हो । त्यसैले मत परिणाम आएपछि काँग्रेस पार्टीको सबै तहतप्काका नेतृत्वले राजिनामा गरेर ठाउँ खालीगर्नुपर्दछ । यदि नैतिकता छ भने ।

भारतमा जवहारलाल नेहरु, माहत्मगान्धी सन्त थिए । तिनै गान्धीले स्थापना गरेको पार्टी तीन पुस्तापछि सिला खोज्न्ुापर्ने अवस्थामा छ । आज नेपाली काँग्रेस पार्टीको पनि हविगत पनि त्यहि नै हुने हो । भगवान महादेवले गणेश र कुमारलाई के गरे ? त्यहि गणेश प्रवृित्त पाल्पा काँग्रेसमा पनि मौलाएको हो । माहादेवको सर्त त कुवेरले पालना गरेका थिए । तर गणेश आफुनै आमाबाबुको परिक्रमा गरे अनि माहादेवले पहिलो पुजा गणेशको गर्ने भनेपछि आज पनि कुनै काज्र्य गर्दा गणेशको पहिलो पुजा गर्ने प्रचलन छ । त्यहाँ माहादेवले गल्ती गरेकै हुन । त्यस्तै राजनीतिमा पनि भएकाले पार्टीको क्रियाशिल राजनीतिबाट क्रियाशिल कार्यकर्ताले विश्राम लिएको कुमारलाई जस्तै अन्याय भएकाले कार्यकर्ताले साधारण सदस्य पनि नरहने उद्घोष गरेका हुन । गणेश प्रवृत्ति मन पराउने नेता भएका कारण जीवनभर राजनीति गरेका व्यक्तिले आज काँग्रेस भन्ने शब्द सुन्दा पनि एलर्जी हुने अवस्था आयो । हुन त जसले टिकट दियो उसैले विजयी बनाउने जिम्मेवारी लिएर होला टिकट दिएको तर एउटा सत्य पनि के हो भने दालमा परेको प्वाल चोयाले बुनेर टालिन्छ । तर आखे ढाकरको प्वाल चोयाले बुनेर टाँलिदैन ।

नेकपा एमाले विभाजित छ । अहिले सजिलै छ भन्ने भुत सभार थियो काँग्रेसीमा तर राम्रो उम्मेदवार जनताले पत्याउने भएको भए सहज थियो । परीक्षामा सामेल नभएका, फेल भएका व्यक्तिलाई गुन लगाउने बाहानामा होस् या गुटको संरक्षणको आवरणमा टिकट वितरण गरिदा राजनीतिमा जीवन सर्मापित गरेका पुराना काँग्रेसले मतदान गर्ने ठाँउ नै छैन । एक व्यक्ति एक पद भनेर सदै भन्ने गरिन्छ । तर अहिले एक व्यक्ति बहुपदको अवधारणा ल्याएपछि बहुपदवाला पराजित नभएर र को हुने ? यो लेखकको प्रश्न होइन् काँग्रेस प्रतिविश्वास र भरोसा गर्ने कार्यकर्ताको प्रश्न हो ।

पुराना जसले ४२ सालको भद्रअवज्ञा आन्दोलन होस् या २०४६ सालको जनआन्दोलनका क्रममा नेतृत्व ग¥यो त्यस्ता व्यक्तिलाई अहिलेका उम्मेदवारले चिन्दैनन् । तिनले मात्र होइन टिकट सिफारिस गर्नेले पनि चिन्दैनन् । २०४६ सालमा आफ्नै टोलमा पनि नेतृत्व गर्न असक्षम ६२/६३ को जनआन्दोलनमा कुनै पनि योगदान नभएका व्यक्तिलाई पैसाको भरमा टिकट वितरण गरेको यथार्थ आज छिप्दैन । एक जना पूर्व जनप्रतिनिधिले भनेको कुराले अत्यन्त पिढा बोध बनायो । काँग्रेसले सामन्ती राणा भन्न व्यार्थ रहेछ । राणामा भन्दा सामद्धबादको अवशेष भएको पार्टी रहेछ भन्ने अनुभवव्यक्त गरेको सुन्दै गर्दो अहिले पार्टीले विश्वास गरेको उम्मेदवारलाई सस्करण गर्दा कुरा ठिकै रहेछ लाग्यो । गाउँमा सामन्ती भनेर पदवी ग्रहण गरेका व्यक्तिलाई टिकट दिदा एमालेलाई विजयी हुन सहज हुने वातावरण बन्यो । एउटालाई त्यसरी गल्ती गरेर टिकट दिदा त्यसको परिणाम आज कस्तो आउलाभनेर राजनीति गर्ने योद्धाहरुले ख्याल नगर्दा निस्कने परीणाम भनेको बादरलाई लिस्नु हाल्नु जस्तै हो ।

पाल्पा राजनीतिक रुपले सचेत र विशेष गरी कम्युनिष्टहरुका लागि अत्यन्त उर्वर भूमी हो । २०१५ सालको निर्वाचनमा कम्युनिष्टले दुबै सिट जिते । २०४८ सालमा ३ वटै निर्वाचन क्षेत्रमा काँगे्रस विजयी भयो । संसदीय निर्वाचनमा विजयी भएको प्रभाव २०४९ सालको स्थानीय निर्वाचनमा पर्‍यो । २०४९ सालमा जिल्ला विकास समितिको निर्वाचनमा काँग्रेसको कारण अल्पमतको जिल्ला सरकार बनेको सत्यता आज छिपेको छैन । भोली जिल्ला समन्वय समिति काँग्रेसको बन्द छ । त्यसको सभापति बनुला, बनाउलाभन्ने कुरा पनि यो परिदृश्यले एकादेशको कथामा रुपान्तरित गर्नेछ । चित्तनबुझेर स्वतन्त्र उम्मेदवारी २ वटा स्थानीयतहमा मात्र भयो । अन्यमा पनि हुनुपर्ने थियो । तर त्यस्तोमा पार्टीका जुझारु कार्यकर्ता मुटुमाथी ढुंगा राखेर मुस्कुराए तर त्यसरी मुस्कुराए पनि त्यो काल्पनीक हो । यसमा कोहि नझुक्किए हुन्छ । यस पटक नेतृत्वले गरेको गल्तीको मुल्य नै छैन । त्यसैले आउने सन्ततीले समेत कसले गल्ती गरेको हो भनेर सम्झिने छन् । पारिवारिक बेमेलकाकारण टिकट खोस्ने कार्य गलत थियो । त्यसले गर्दा उत्तर नभएका प्रश्नहरु धेरै छन् ।

(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update