Shittalpati
सक्षम व्यक्ति रोजौं

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्तापछि चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरुले आफ्नो पक्षमा जित हात पार्न मतदाताहरुसँग मत माग्दै हिडेका छन् । उनीहरुले विगतका घोषणा पत्र अनुसार नै योजना र कार्यक्रम जनता समक्ष लगेका छन् । मतदाताहरुलाई रिझाउन पुरानै घोषणा पत्र लैजानु लजास्पद हो । उम्मेदवारहरुले कम्तीमा पनि स्थानीय आवश्यकतालाई आधार मानेर घोषणा पत्र बनाउनु पथ्र्यो तर त्यसो गर्न नसकेर पुरानै कुरा बाँडेर जनतालाई बेकुब बनाउँदै छन् ।

मतदातासँग पूर्ण लोकतान्त्रिक व्यवहार अपनाउने र आफ्नोे कर्तव्य पूरा गर्ने व्यक्ति छनोट गर्ने रु भन्ने दायित्व आममतदाताकै हो । मतदाताले समयमै बुद्धिमतापूर्ण ढंगले निर्णय नगरे अर्को पटक पनि यही प्रवृत्ति नदोरिएला भन्न सकिदैन । मतदाताले विगतको चुनावी एजेन्डा कति पूरा भए कति भएनन्, नभए किन भएनन् भनि स्पष्टीकरण लिने बेला आएको छ । तर यहाँ आममतदाता नेता प्रति कहिल्यै प्रश्न गर्दैनन् । उनीहरु दल र नेताको ललीपपप्रति लालयित हुन्छ । जुन आफैमा दुखद् हो । दलले आफ्नोे एजेन्डा पूरा गर्छ÷गर्दैन दलीय उम्मेदवारले एजेन्डा पूरा गराउन सक्षम, दक्ष र इमानदार छ÷छैन रु भन्नेतर्फ भने अझै मतदाताको ध्यान पुगेको देखिँदैन । जसले गर्दा स्थानीय तहमा भ्रष्टचार, अनियमिता मौलाउदै गएको छ । स्थानीय राजनीतिलाई विसंगतिबाट हटाई निर्मल बनाउने भनेकै मतदाता हुन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ । फेरि पनि उही नजरिया स्वार्थी व्यक्तिकै हो हो मा लागेर मतदाताले पुनः भूल गर्नुहुँदैन । विगतको अवस्थाबाट शिक्षा लिएर, लोभ लालचमा नफसी विवेकपूर्ण निर्णय गर्ने हो भने भविष्यमा पछुताउनुपर्दैन । मतदाताले पार्टी भन्दा माथि उठेर जनप्रतिनिधि चुन्न सक्नुपर्छ । यसो भयो भने मात्र समाज र देशको विकास हुन्छ । यसर्थ विगतको अवस्थाबाट पाठ सिकेर, सक्षम र योग्य व्यक्तिकै छनोट गर्नु अहिलेको आवश्यकता हो । यसतर्फ सबै मतदाताले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update