सबैको उत्सव, पाल्पा महोत्सव, आजदेखि सुरू
बिहीबार, वैशाख १४, २०८०
भिरकोटमा माटो परीक्षण ल्याब
बिहीबार, वैशाख १४, २०८०
स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
पुराना दल : सच्चिने कि सक्किने ?
बिहीबार, वैशाख १४, २०८०
वैशाख १० गते सम्पन्न उपनिर्वाचनले एक गतिलो सन्देश दिएको छ । यस निर्वाचनले पुराना दल भनिएकाहरुलाई नयाँ दलले नराम्रासँग झड्का दिएका छन् । लामो इतिहास बोकेका दलहरुले विगतमा गरेको कामलाई मूल्याङ्कन गर्दै जनताले मतदानको माध्यमबाटै पुराना दललाई ठूलो सजाए दिएका छन् ।
लुम्बिनीमा डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
बुधबार, वैशाख १३, २०८०
बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उनलाई आजभोलि केही असहज भएको बताउन्छन् ।
बारा–२ मा यादव विजयी
बुधबार, वैशाख १३, २०८०
वैशाख १० गते सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा –२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।
तानसेनका थप ४ जनामा कोरोना देखियो
बुधबार, वैशाख १३, २०८०
तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा यहाँका थप ४ जानमा कोरोना देखिएको हो ।
सिङ्गो गाउँ अधिग्रहणमा विस्थापित, ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै
बुधबार, वैशाख १३, २०८०
लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उनले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म मुद्दा खेप्नुपर्यो । घरबारविहीन बनेकी छिमेकी दुर्गावती नटुवाले नजिकै रहेको कृषि विकास बैंकको जग्गा अगाडि सडक छेउमा छाएको झुप्रो लुम्बिनी...
बौद्धिक सम्पत्तिको संरक्षण गर
बुधबार, वैशाख १३, २०८०
बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो । जसको माध्यमबाट भौतिक संरचना वा वस्तु निर्माण हुन्छ भने उक्त वस्तु वा संरचना माथिको सर्जकको अधिकार बौद्धिक सम्पत्तिको अधिकार हो । तर पछिल्लो समय वौद्धिक सम्पत्ति चोरीको क्रम बढ्दै गएको छ । यो अत्यन्तै...
पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय
मंगलबार, वैशाख १२, २०८०
जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन् ।
काँग्रेस नेता भट्टराई पुगे घाइतेहरुको अवस्था बुझ्न अस्पताल
मंगलबार, वैशाख १२, २०८०
नेपाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले मंगलबार पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।
केन्द्रीय समीकरणको प्रभाव, लुम्बिनीमा ढल्यो एमाले सरकार
मंगलबार, वैशाख १२, २०८०
केन्द्रीय समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । केन्द्रको समीकरण अकस्मात फेरिएपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमालेका लिला गिरी नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गिरीले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार भएपछि एमालेको सरकार ढलेको हो ।


