Shittalpati
बारा–२ मा यादव विजयी

पाल्पा, वैशाख १० गते सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा –२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् । उनले २८ हजार चार सय १५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुसहावले २३ हजार तीन सय ३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् । पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सोनालाल साहले ११९ मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवको पोल्टामा ६० मात्रै मत प¥यो । बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो । बारा–२ मा मुख्य प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारमध्ये ४ जना यसअघि मंसिर ४ मा पराजित उम्मेदवार हुन् । उपेन्द्र यादव सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए । शिवचन्द्र प्रसाद कुशवाहा र अरुणकुमार ज्ञवाली बारा–२ बाट पराजित उम्मेदवार हुन् भने रमेश खरेल भने काठमाडौं–१ मा पराजित भएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update