Shittalpati
उड्डयन क्षेत्र सुधार गरौं 
उड्डयन क्षेत्र सुधार गरौं  झण्डै एक दशकअघिदेखि नेपाली हवाई क्षेत्रको सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाटै विभिन्न प्रश्न उठ्दै आएको छ । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिए पनि बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित रहेको हो कि भन्ने आशंका सर्वत्र उत्पन्न हुने गरेको छ ।
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानद्वारा पाल्पामा ११ नारी सम्मानित 
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानद्वारा पाल्पामा ११ नारी सम्मानित  शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका ११ जना नारीहरुलाई सम्मान गरेको  छ ।  प्रतिष्ठानको २० ओैं वार्षिक दिवस  तथा  ९७ ओैं कुलमणि देवकोटा जन्मजयन्ती समारोहको अवसरमा शनिबार पाल्पाको तानसेनमा पुरस्कृृत एवं सम्मान गरेको  हो ।
युवा  पलायन रोक्न रेसुङ्गामा ‘मिसन रोजगारी’ कार्यक्रम 
युवा  पलायन रोक्न रेसुङ्गामा ‘मिसन रोजगारी’ कार्यक्रम  जिल्लाको रेसुङ्गा नगरपालिकाले युवा पलायन रोक्न ‘मिसन रोजगारी’ कार्यक्रम सञ्चालन गरेको छ । युवाहरूको वैदेशिक पलायन र उद्यमीबीचमै पलायन हुने अवस्थाको अन्त्य गर्न सो कार्यक्रम ल्याइएको नगर प्रमुख खिलध्वज पन्थीले  बताए । उनका अनुसार दायित्वको सहकार्यमा १ सय ८० दिनको परिणाम प्राप्त गरिसक्ने गरी उक्त कार्यक्रम तीन चरणमा सञ्चालन गरिुएको...
रामपुरमा घुम्ती शिविरमार्फत ४ सय ८५ जनाले लिए सेवा
रामपुरमा घुम्ती शिविरमार्फत ४ सय ८५ जनाले लिए सेवा जिल्लाको रामपुर नगरपालिकाका दुई वटा वडाकाका ४ सय ८५ जनाले स्वास्थ्य शिविरमार्फत सेवा लिएका छन् ।  नगरपालिकाले वडा नं.१ र २ का जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालय बाट प्रदान गरिने सेवा संगै स्वास्थ्य जाँच सहितको सेवा वडा नं. १ को कार्यालयबाट दिएको हो ।
गुल्मीमा २० करोड ६७ लाखको सुन्तला उत्पादन
गुल्मीमा २० करोड ६७ लाखको सुन्तला उत्पादन जिल्लामा यस वर्ष २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस पटक  जिल्लामा सुन्तलाको उत्पादन घटेको हो । 
माटोको क्षयीकरण रोकौं
माटोको क्षयीकरण रोकौं माटो हाम्रो जीवनको मूल आधार हो । पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अर्गानिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । तर यही माटोको जीवन्त हैसियत निरन्तर खस्कँदो छ ।
विश्व माटो दिवस मनाइँदै
विश्व माटो दिवस मनाइँदै आज नेपालसहित विश्वभर विश्व माटो दिवस  मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।
अपाङ्गता भएकाहरुलाई परिचयपत्र र सहायता सामग्री
अपाङ्गता भएकाहरुलाई परिचयपत्र र सहायता सामग्री जिल्लाको  रामपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायता सामग्री दिएको छ । नगरपालिकाले ३४ ‍औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा यहाँका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायता सामग्री दिएको हो ।
नारायणगढ–बुटवल सडक : भौतिक प्रगति ७६ प्रतिशत
नारायणगढ–बुटवल सडक : भौतिक प्रगति ७६ प्रतिशत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ ।
बेथलमा एनसीसी जुनियर डिभिजनको विशेष तालिम सकियो
बेथलमा एनसीसी जुनियर डिभिजनको विशेष तालिम सकियो तानसेनमा रहेको बेथल इङ्लिस बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजनको विशेष तालिम सकिएको छ । ७९ दिनसम्म सञ्चालन भएको एनसीसी ५१ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।
Weather Update