पाल्पा, कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्तना भएका दुई जनाकै शव भेटिएको छ । बिहीबार साझाँ नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ मन्द्राङ स्थित कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएका शिखरडाडाँका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए । प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा शव फेला परेको हो । शिशिरको सोही स्थानमा र पुजनको टिपुवाघाटमा शव फेला परेको प्रहरी नायक उपरीक्षक भट्टराईले बताए । नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो ।
यहाँ दैनिक जसो नदीमा डुवेर मानिसले ज्यान गुमाउने गरेका छन् । यसअघि नयाँ वर्ष मनाउन गएका बगनासकाली–७ दैलातुङका दुई युवाको समेत डुबेर मृत्यु भएको थियो । प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने पनि डुवेर धेरैले ज्यान गुमाएका छन् । अन्य घटनाहरुको तुनामा खोलामा डुवेर ज्यान गुमाउनेहरुको संख्या बढी नै छ ।


