एसइई नतिजाले दिएको सन्देश
सोमबार, असार १६, २०८२
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१ दशमल ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो । यस पटक एसइईमा नियमिततर्फ चार लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भए ।
जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण
आइतबार, असार १५, २०८२
जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले प्राविधिक धार (इन्जिनियरिङ्ग) तर्फ शत प्रतिशत नतिजा हासिल गरेको छ । प्राविधिक धारतर्फ जिल्लामा शत प्रतिशत नतिजा हासिल गर्ने विद्यालय जनता मावि तानसेन मात्र रहेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले बताए । जिल्लामा विभिन्न १२ विद्यालयमा प्राविधिक शिक्षा पठन पाठन हुँदै आएको छ ।
पाल्पामा किसान महासंघले मनायो धान दिवस
आइतबार, असार १५, २०८२
नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको छ । महासंघले जिल्लाको रिब्दीकोट गाउँपालिका– २ दम्मक भर्देवा रोपाइँ गरेर आइतबार धान दिवस मनाइएको हो ।
एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल
आइतबार, असार १५, २०८२
यस वर्षको एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार गत वर्षको तुलनामा यहाँका संस्थागत विद्यालयहरुको नतिजामा अब्बल देखिएको हो ।
मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी
आइतबार, असार १५, २०८२
तानसेनमा मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा मिडियाकर्मीलाई स्वास्थ्य प्रवद्र्धन सम्बन्धी जानकारी गराउने उद्देश्यले पैरवी कार्यक्रम गरिएको हो ।
लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ
आइतबार, असार १५, २०८२
लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ । धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्याङ्कअनुसार हालसम्म ७२ हजार ५२० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३ दशमलव ९४ प्रतिशत हो ।
बुटवल नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
आइतबार, असार १५, २०८२
(नवलपरासी), बुटवल नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी
आइतबार, असार १५, २०८२
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउको तरकारी पकाएर खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन् ।
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना
आइतबार, असार १५, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।
असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
आइतबार, असार १५, २०८२
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार पन्ध्रको महत्व
आइतबार, असार १५, २०८२
असार १५ मा नेपाली समाजमा खेतमा रोपाइँ गरी दही–चिउरा खाएर मनाउने परम्परा छ । यस दिन रोपाइँ सकेको खुशीयालीमा भोजस्वरूप दही र चिउरा खाने गरिन्छ ।


