नवजनचेतना राष्ट्रिय दैनिक २०८० असार १ गते शुक्रबार
शुक्रबार, असार १, २०८०
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित
बिहीबार, जेठ ३२, २०८०
रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ ।
रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा
बिहीबार, जेठ ३२, २०८०
जिल्लाको रामपुर एक महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा भएको छ । लोक सेवा आयोगमा अभिरुची राख्ने र परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो ।
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा
बिहीबार, जेठ ३२, २०८०
पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पूर्णखोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप दिएसंगै नगरपालिकालाई बुधबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम
बिहीबार, जेठ ३२, २०८०
जिल्लाको रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा ९ जब्गादीमा रामपुर नगरपालिकाको लक्षित वर्ग तर्फको कार्यक्रम अन्तर्गत छुवाछुत र कुरिति सम्बन्धी प्रशिक्षण सहितको सचेतनामूलक कार्यक्रम भएको हो ।
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता
बिहीबार, जेठ ३२, २०८०
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता भएकी छिन् । आज रामपुर नगरपालिका–८ भुजात स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा १४ वर्षिय पार्वती रामजाली डुबी बेपत्ता भएकी हुन् ।
बुधबारदेखि मनसुन भित्रियो
बिहीबार, जेठ ३२, २०८०
नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपभोक्ता ठगी गर्ने कारबाहीमा
बिहीबार, जेठ ३२, २०८०
अब बुटवलमा कुनै व्यवसाय गर्ने व्यवसायीले गुणस्तर कायम नगरे र उपभोक्ताको हितलाई ध्यान नदिए कारबाहीमा पर्ने भएका छन् । कालाबजारी, खाद्य पदार्थमा मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएकाले उपमहानगरले अनुमगन गरी त्यस्ता व्यवसायीलाई कारबाही थालेको छ ।
‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’
बिहीबार, जेठ ३२, २०८०
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रक्तदान जीवनदान भए पनि चेतना अभावले गर्दा अझै पनि माननिसहरु रक्तदान गर्न हिचकिचाउने गरेको बताएका छन् । रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितालाई तानसेनमा सम्बोधन गर्दै उनले चेतना नहुँदा मानिसहरु अझै पनि रक्तदान गर्न हिचकिचाउने गरेको बताएका हुन् ।
रगत अभावमा कोही मर्न नपरोस्
बिहीबार, जेठ ३२, २०८०
विश्व रक्तदाता दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि यो...
‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा प्रथम भईन रामपुरकी घिमिरे
बुधबार, जेठ ३१, २०८०
विश्व रक्तदान दिवशको अवशरमा नेपाल रेडक्रस सोसाईटी पाल्पाले आयोजना गरेको जिल्लास्तरीय रक्तदान जीवनदानमा युवाहरुको भूूमिका वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी माध्यमिक विधालय रामपुरकी सुरक्षा घिमिरे प्रथम भएकी छन् । यसै गरी न्य होराइनज विधालय तानसेनकी कृशिला ढुंङ्गाना दोस्रो भएकी छन् भने दमकडा नमुना माध्यमिक विधालयकी सपना भण्डारी तेस्रो भएकी छन् । विजयी...


