Shittalpati
भदौ ११ गते संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौं, प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराए । निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी प्रतिनिधिसभाको नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते निर्धारण गरिएको सभामुख घिमिरेले जानकारी गराए । त्यसका लागि भदौ ८ गतेभित्र लिखितरूपमा प्रश्न दिन सकिने छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १२ गते बिहान ११ः०० बजे बस्नेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update