कृषि उत्पादनमा गम्भीर बन
सोमबार, भदौ १८, २०८०
तानसेनमा टक्सारको गणेश रथयात्रा निकालियो
आइतबार, भदौ १७, २०८०
तासेनस्थित टक्सारटोलमा रहेको श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालिएको छ । यो हरेक वर्ष श्रीनगर सिद्धि विनायक गणेशको रथयत्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ ।
गुल्मीमा चट्याङ लागेर एकको मृत्यु
आइतबार, भदौ १७, २०८०
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ ६० वर्षीय हिरा बहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको हो ।
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
आइतबार, भदौ १७, २०८०
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
आइतबार, भदौ १७, २०८०
सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
व्यवसायीको दुखेसो : ‘दोहोरो कर नीतिले समस्यामा पर्यौं’
आइतबार, भदौ १७, २०८०
नेपालमा सरकारको दोहोरो नीति र राजनीतिक अस्थिरताका कारण जहिल्यै उद्योगी–व्यवसायी मारमा पर्ने गरेको गुनासो छ । प्राकृतिक विपद्, महामारी र राजनीतिक अस्थिरताका कारण व्यवसाय तहसनहस भइरहँदा दोहोरो कर नीतिले झन आफुहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
जात्रा संरक्षणमा चुनौती
आइतबार, भदौ १७, २०८०
जात्रैजात्राको सहरका रुपमा परिचित तानसेनमा यति बेला जात्राहरु विस्तारै हराउँदै गएका छन् । विगतमा निकै हर्षोल्लासका साथ तानसेनका टोल–टोलबाट निकालिने चुइकी फिराई, लाखे नाच, गाईजात्रा, रोपाइँ जात्रा एकदुई वटामा सीमित भएका छन् ।
तानसेनमा बाघ जात्रा
शनिबार, भदौ १६, २०८०
पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । बाघको स्वरुपमा तानसेनका युवाहरु सडकमा निस्किएका थिए । बाघ जात्राको दिन युवाहरु बाघको विभिन्न आकृतिहरुमा सडकमा निस्किएका हुन् ।
मैत्री क्लवको वार्षिक उत्सव तथा अधिवेशन, अध्यक्षमा शाक्य
शनिबार, भदौ १६, २०८०
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनको वार्षिक उत्सव तथा अधिवेशन तानसेनमा भएको छ । क्लवले ४४ औं वार्षिक उत्सव तथा २० औं अधिवेशन गरेको हो ।
प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता
शनिबार, भदौ १६, २०८०
नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरुले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् ।
नबिल बैंकलाई अवार्ड
शनिबार, भदौ १६, २०८०
नबिल बैंकले कम्बोडियाको सीम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।

