Shittalpati
तानसेनमा बाघ जात्रा

पाल्पा, पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । बाघको स्वरुपमा तानसेनका युवाहरु सडकमा निस्किएका थिए । बाघ जात्राको दिन युवाहरु बाघको विभिन्न आकृतिहरुमा सडकमा निस्किएका हुन् ।

बाघका आकृति सहितका युवाले बाजा बजाएर नगर परिक्रमा गरेका थिए । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट बाघ जात्रा मनाइने गरिन्छ । परापूर्वकालदेखि मनाइदै आइएको बाघजात्रा पछिल्ला वर्षहरुमा भने हराउँदै गएको छ । जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तामा  हस्तान्तरण नहुँदा यो जात्रा विस्तारै हराउन थालेको हो ।

परापूर्वकालमा बाघको आतंकले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको तानसेनवासीहरुको भनाई छ । केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरिएको छ । काठमाडौंपछि सबैभन्दा बढि जात्रा मनाइने सहरका रुपमा मानिने पाल्पामा जनैपूर्णिमाको दिनदेखि लगातार ९ दिनसम्म विभिन्न जात्राहरु मनाउने गरिन्छ ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update