पाल्पामा मनाइयो घण्टाकर्ण
बिहीबार, साउन ८, २०८२
आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल
बुधबार, साउन ७, २०८२
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको पनि बताए ।
जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु
बुधबार, साउन ७, २०८२
रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका–५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो ।
आज नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदै
बुधबार, साउन ७, २०८२
नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात् घण्टाकर्ण चतुर्दशी मनाइँदै छ । दोवाटो र चौवाटोमा नर्कटको लि·ाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाउने गरिन्छ ।
गथांमुगः र घण्टाकर्ण
बुधबार, साउन ७, २०८२
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आजको दिन तानसेनको शितलपाटी, बसपार्क तथा नारायणटोलमा घण्टाकर्ण राखिएका छन् । आज यो बर्षको श्रावण कृष्ण चतुदर्शी ।
वि.पि.को स्मरण औपचारिकमै सिमित
बुधबार, साउन ७, २०८२
प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार देशभर मनाइएको छ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिने, प्रजातन्त्र, राष्ट्रियता र समाजवादका चिन्तक बहुआयामिक व्यक्तित्व वि.पि.को विचार आजपर्यन्त उत्तिकै महत्वपूर्ण छ । कोइरालाको नामबाटै शुरु...
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वि.पि स्मृति दिवस
बुधबार, साउन ७, २०८२
प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार पाल्पामा वृक्षारोपण गरि मनाइएको छ । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरी दिवस मनाएको हो ।
गुल्मीमा २०० बस्ती बाढी र पहिरोको उच्च जोखिममा
मंगलबार, साउन ६, २०८२
यहाँ करिब २०० बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
केदारनाथमा पदमार्ग निर्माण
मंगलबार, साउन ६, २०८२
गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।
मकैबाली जोगाउन हेरालु नियुक्त
मंगलबार, साउन ६, २०८२
अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ ।
राजनीतिलाई अस्थिर बनाउने खेल नखेलौं
मंगलबार, साउन ६, २०८२
दलहरू जनतासँगको सम्बन्ध सुधार्नुको सट्टा सरकार फेरबदलमा व्यस्त र सत्तामा लिप्रुत छन् । नेपाली जनताको चाहना र देशको आवश्यकता यो होइन तर राजनीतिक दलहरुले जवरजस्त राजनीतिक अस्थिरताको बाटो हिडाएका छन् । देश र जनतानले अहिले राजनीतिक स्थिरता खोजेका छन् । तर त्यसो हुन सकिरहेको छैन । राजनीति स्थिरताले नै आर्थिक...


