Shittalpati
तानसेनका शिक्षकहरुलाई क्षयरोग सम्बन्धी सचेतना

पाल्पा, तानसेनका सामुदायिक विद्यालयका शिक्षकहरुलाई क्षयरोग सम्बन्धी सचेतना एक दिने कार्यक्रम गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा तानसेन भित्र सञ्चालित भुसलडाँडा मावी, पद्मपव्लिक मावि, जनता मावि, सेन मावि, मोहनकन्या मावि, महेन्द्रबोदी मावी, देववाणी संकृत तथा साधारण मावि, जनप्रिय मावि, लक्ष्मी मावि र सरस्वती माविका २० जना शिक्षकलाई क्षयरोगका विषयमा जानकारी गराइएको छ । जिल्ला स्वाथ्य कार्यलय पाल्पाका वरिष्ठ क्षयकुष्ट अधिकृत विश्वनाथ न्यौपानेले क्षयरो रोग के हो ? त्यसको अवस्था, नियन्त्रणका उपाय लगायतका विषयमा प्रशिक्षण दिएका हुन् । कार्यक्रममा सहभागी शिक्षक लक्ष्मी माविकी शिक्षक गुणवती केसी, जनता माविका शिक्षक अशोक घिमिरे लगायतले आफ्नो  कार्यक्रमबाट  थुप्रै कुराहरु सिक्न पाएको बताए । उनीहरुले नेपाल क्षयरोग निवारण संस्थाले शिक्षकहरुलाई लक्षित गरि राखेको क्षयरोग सम्वन्धि सचेतना कार्यक्रम अत्यन्तै प्रभावकारी भएको भन्दै यस्तो सचेतना जस्तो प्रभावकारी कार्यक्रममा फेरिफेरि पनि समावेश हुन पाइयोस् भन्ने कामना गरे । कार्यक्रममा प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाकी केन्द्रिय उपाध्यक्ष शोभा शाक्यले कार्यक्रमलाई सम्वोधन गर्दै हाल तानसेन भित्रका ७ वटा विद्यालय मात्र नाटामा आवद्द भई क्रियाशिल रहेकोमा जुन विद्यालयमा हालसम्म जुनियर नाता गठन भएको छैन ति विद्यालयहरुलाई पनि नाटामा समावेश हुन अनुरोध गरिन् । कार्यक्रम संस्थाका शभापति विधान प्रसाद श्रेष्ठको अध्यक्षता, कार्यसमिति सदस्य सकुन्ता बज्राचार्यको स्वागत र संस्थाका सचिव झपेन्द्र गैरेको सञ्चालनमा  भएको थियो । –जयराम सापकोटाबाट 

प्रकाशित मिति: सोमबार, असार १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update