Shittalpati
नारायण युवा क्लवको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा महर्जन
नारायण युवा क्लवको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा महर्जन सामाजिक क्षेत्रमा क्रियाशिल नारायण युवाक्लव तानसेन पाल्पाको २८ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन तानसेनमा भएको छ । २०५४ सालमा स्थापना भएको क्लवले शनिबार एक औपाचारिक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा गोर्खा ग्यालरी
विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा गोर्खा ग्यालरी विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा सत्यवती गाउँपालिका–८ को लाहुरे गाउँमा गोर्खा ग्यालरी स्थापना गरिएको छ । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका हुन् । ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर समेटेर ग्यालरी स्थापना गरेका हुन् ।
कोदोको बिष्कुट उत्पादन गर्न उद्योग स्थापना
कोदोको बिष्कुट उत्पादन गर्न उद्योग स्थापना म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।
पाल्पा उद्योग वाणिज्य संघको साधारण सभा स्थगित, दुवै पक्षको आरोप प्रत्यारोप जारी
पाल्पा उद्योग वाणिज्य संघको साधारण सभा स्थगित, दुवै पक्षको आरोप प्रत्यारोप जारी जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघको भदौ १४ गतेको लागि तय गरिएको साधारण सभा आन्तरिक विवादका कारण अन्तिममा आएर स्थगित भएको छ । संघको ७१ औं साधारणसभा तथा १७ औं अधिवेशन यही बर्ष परेको छ । तर संघले प्राविधिक कारणले स्थगित गर्नु परेको बताए पनि आन्तरिक विवाद...
विश्व बेपत्ता विरुद्ध दिवसको सार्थकता
विश्व बेपत्ता विरुद्ध दिवसको सार्थकता हरेक वर्ष ३० अगस्टमा विश्वभर जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज  नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । पहिलो पटक सन् १९८१ को जूनमा ल्याटिन अमेरिकी देश कोस्टारिकामा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाएकोे इतिहास छ । मनाउनुको मतलब यो...
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।
 लिपुलेकबारे भारत र चीनको सहमतिप्रति सांसदहरुको आपत्ति
 लिपुलेकबारे भारत र चीनको सहमतिप्रति सांसदहरुको आपत्ति नेपालको भूमि लिपुलेकबाट पुनः व्यापार सञ्चालन गर्ने चीन–भारतको द्विपक्षीय सहमतिका विरुद्धमा सांसदहरुले आपत्ति जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैंठकमा बोेल्ने सांसदहरूले नेपाली भूमि लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी छिमेकी मुलुक चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाएका थिए ।
सुनको तोलाकै २ लाख नाघ्यो
सुनको तोलाकै २ लाख नाघ्यो सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य तोलामा  एक हजार दुई सयले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी  पाँचले बढेको छ ।
इँटा उद्योगले बनायो स्वरोजगार
इँटा उद्योगले बनायो स्वरोजगार यहाँको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीकी सीता घर्ती मगरलाई विगतमा घर चलाउन पनि धौधौ थियो । घरमा गरिएको खेतीले छ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । तर, अहिले स्थानीय इँटा उद्योगमा काम गर्न थालेपछि दैनिकी चलाउन सहज भएको छ ।
सकियो तिज
सकियो तिज तिजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ । विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको पाइन्छ ।
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै हरेक वर्ष आजको दिन अर्थात् अगस्ट २९ मा विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । आणविक हातहतियारको परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे विश्वभर जनचेतना जगाउन संयुक्त राष्ट्र सङ्घ (यूएन)को पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । आज पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
Weather Update