अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण
शुक्रबार, फागुन २५, २०८०
पाल्पामा पहिलो पटक दृष्टिविहिनको कवड्डी प्रतियोगिता
बिहीबार, फागुन २४, २०८०
विश्वमा कतै पनि नखेलिएको दृष्टिविहिनहरुकाबिच कबड्डी प्रतियोगिता पाल्पामा पहिलो पटक सञ्चालन गरिएको छ । दमकडा नमुना माध्यमिक विद्यालय तानसेन ९ दमकडामा दृष्टिविहिनहरुबिच पहिलो पटक कबड्डी प्रतियोगिता सञ्चालन गरिएको हो ।
ऐतिहासिक सम्पदा संरक्षण गरे मात्र तानसेनको पर्यटन व्यवसाय फष्टाउनेमा जोड
बुधबार, फागुन २३, २०८०
तानसेन नगरपालिकाको आयोजनामा पुरातत्व विभागको सहभागितामा पाल्पाका ऐतिहासिक सम्पदा संरक्षण गर्ने विषयमा सर्वदलिय सर्वपक्षिय छलफल भएको छ ।
तानसेनको नारायणस्थानमा १०८ गौमुखे धारासहित शिव लिङ्ग स्थापना गरिदैं
बुधबार, फागुन २३, २०८०
जिल्लाको तानसेनस्थित अमर नारायण मन्दिर परिसरको पुरानो पोखरीमा हालै १०८ गौमुखे धारा निर्माण गरी शिव लि· स्थापना गर्न लागिएको छ । तानसेन नगरपालिका २ मा नारास्थानमा रहेको प्राचिन महत्व बोकेको पोखरीमा तानसेन नगरपालिकाको पञ्च बर्षिया योजना र उपभोक्ताको संयुक्त लगानीमा १०८ वटा गाईमुखे धारा निर्माण गरी शिव लि· स्थापना गर्न...
माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
बुधबार, फागुन २३, २०८०
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।
त्रिशूली बस दुर्घटना : मृतकको संख्या सात पुग्यो ( अपडेट)
बुधबार, फागुन २३, २०८०
दिङको गजुरी गाउँपालिका–५ घाटबेँसी त्रिशूलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो ।
यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो : चारको मृत्यु, ३० जनाभन्दा बढी घाइते
बुधबार, फागुन २३, २०८०
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित त्रिशूली नदीमा खसेको छ । आज विहान सो बस त्रिशूलीमा खसेको हो ।
लुम्बिनीमा निजी क्षेत्रको लगानी बढ्दो, सुविधा सम्पन्न होटल थपिँदै
सोमबार, फागुन २१, २०८०
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी पुगेको छ ।
वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुन्छ, त्यसका लागि कानुन ल्याउँदैछौं : कानुनमन्त्री गुरुङ
शनिबार, फागुन १९, २०८०
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै उनले भ्रष्टचार अन्त्यका लागि वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुने बताएका हुन् ।
नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा
शनिबार, फागुन १९, २०८०
शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ । सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित...
दस्ताबेजमा गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट छ : उपसभापति गुरुङ
शनिबार, फागुन १९, २०८०
नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट रहेको बताएका छन् ।
छाडा चौपाया व्यवस्थापनको चुनौती
शनिबार, फागुन १९, २०८०
सनातन धर्म मान्नेहरूले जनावरलाई भगवान सरह मान्दछन् । तिहारमा गाई, कुकुर, गोरुलाई पूजा गर्ने पनि गर्दछन्, तर अघिपछि तीनै जनावरलाई घरबाट बाहिर छाडिदिने, लखेटिदिने पनि गरेको पाइन्छ । पशुधनीले गोठबाट निकालेका÷छाडेका चौपाया नै सडक, चोकमा आएका हुन् ।
पाल्पामा निजामती कर्मचारी युनियनको सक्रियता
शनिबार, फागुन १९, २०८०
नेपाल निजामती कर्मचारी युनियन पाल्पाले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । युनियनले संगठन विस्तार तथा सुदृढिकरण र कर्मचारीहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।


