पाल्पामा यसरी मनाइयो मगर एकता दिवस
बिहीबार, फागुन १५, २०८१
छिट्टै कृषक र साना बचतकर्ताको हित हुने ऐन आउँछ : सभापति थापा
बिहीबार, फागुन १५, २०८१
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति कुसुमदेवी थापाले छिट्टै कृषक र साना बचतकर्ताहरुको हित हुने गरी ऐन आउने बताएकी छन् । रामपुर नगरपालिकाले गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कृषक र साना बचतकर्ताहरुका लागि छिट्टै ऐन ल्याउने तयारी भएको बताएकी हुन् ।
आज मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस, सबै स्थानीय तहले दिए सार्वजनिक बिदा
बिहीबार, फागुन १५, २०८१
मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
तानसेनको प्रभासमा शिवरात्रिका अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम
बुधबार, फागुन १४, २०८१
जिल्लाको तानसेन नगरपालिका–७ प्रभासमा महाशिवरात्रिको अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम भएको छ । प्रभास क्षेत्र धर्म संस्कृति तथा मेला पर्व ब्यवस्थापन समितिको आयोजनामा बुधबार कार्यक्रम भएको हो ।
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड
बुधबार, फागुन १४, २०८१
महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिवका मन्दिरमा बुुधबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका शिवालय मन्दिरहरूमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको...
अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण
बुधबार, फागुन १४, २०८१
जिल्लाको तानसेन नगरपालिका– ३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ । बुधबार महाशिवरात्रि पर्वको अवसरमा होटलले हरेक वर्ष जस्तै यस वर्ष पनि प्रसाद वितरण गरेको हो ।
शिवरात्रिलाई विकृतिरहित मनाऔं
बुधबार, फागुन १४, २०८१
महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाइन्छ ।
आज महाशिवरात्री पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
बुधबार, फागुन १४, २०८१
फागुन कृष्ण चतुर्दशीका दिन आज आरध्यदेव भगवान शिवको पूजा–आरधना गरी महाशिवरात्री पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने चलन छ ।
नेपाली सेनाको गौरव : स्थापनाको २६२ औं वार्षिक उत्सव मनाउँदै
बुधबार, फागुन १४, २०८१
नेपाल राष्ट्रको गौरवशाली संगठनहरूमध्ये सबैभन्दा पुरानो संस्था नेपाली सेना हो । देशको इतिहाससँगै नेपाली सेनाको इतिहास थालनी भएको पाइन्छ ।
सार्वभौम पर्व शिवरात्रि र यसको सार्थकता
बुधबार, फागुन १४, २०८१
शिवरात्रि पर्व परमपिता परमात्मा ज्योतीबिन्दु शिव यस धरामा अवतरित हुनुभएको यादगार पर्व हो । सृष्टिमा कुनै बेला भएको कार्यलाई पुनरावृत्तिको लागि स्मृति स्वरुप मनाइने क्रियाकलाप नै वास्तवमा पर्व हो । विगतमा भएका सुकृतिलाई वर्तमान समयसम्म ल्याईपुर्याउनको लागि सेतुको कार्य पर्वहरुले गरीरहेका हुन्छन् ।
काउली बिक्रीबाट एकै ‘सिजन’ मा छ लाख आम्दानी
मंगलबार, फागुन १३, २०८१
जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गरेका छन्। २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका उनि अहिले बागलुङका सफल किसानका रुपमा परिचित छन् ।
छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
मंगलबार, फागुन १३, २०८१
यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।


