तम्घासमा दोस्रो गुल्मी महोत्सव
शनिबार, वैशाख ६, २०८२
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
शनिबार, वैशाख ६, २०८२
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।
पाल्पाकी एक युवतीमाथि गोली प्रहार, गोली प्रहार गर्नेलाई खोज्दै प्रहरी
शनिबार, वैशाख ६, २०८२
बुटवलमा पाल्पाकी एक युवतीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
लुम्बिनी प्रदेशको बजेट खर्च : नौ महिनामा झण्डै ४० प्रतिशत
शनिबार, वैशाख ६, २०८२
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको ९ महिनामा झन्डै ४० प्रतिशत बजेट खर्च गरेको छ । उसले चालु आर्थिक वर्षको चैत मसान्तसम्म पुँजीगत र चालू गरी ३९ दशमलव ७४ प्रतिशत बजेट खर्च गरेको हो ।
गोरखा– जितगढी कि जितगढी– गोरखा ?
शनिबार, वैशाख ६, २०८२
उजिरसिंह थापा र पाल्पा आगमनः पिता नयनसिंह थापा र माता रणकुमारीका जेष्ठ सुपुत्र उजिरसिंह थापाको जन्म वि.सं. १८५२ साल चैत्र कृष्ण प्रतिपदाको दिन भएको हो । पिताको निधन भएसँगै उजिरसिंह काका भिमसेन थापाको निगरानीमा हुर्केका थिए । भिमसेनले यिनलाई विशेष माया गर्ने हुनाले र धनकुटा, सप्तरी, वारा र पर्सा क्षेत्रमा...
विद्यार्थीको भविष्यप्रति जिम्मेवार बन
शनिबार, वैशाख ६, २०८२
शिक्षक आन्दोलनका कारण देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मर्कामा परेका छन्। शिक्षकहरू तीन हप्तादिनदेखि आन्दोलनमा छन् । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानको तयारीमा जुट्नुपर्ने शिक्षकहरु विद्यालय छाडेर आन्दोलनमा उत्रिदा वार्षिक परीक्षाको नतिजासँगै भर्ना अभियान अगाडि बढ्न सकेको छैन् ।
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयको भर्ना प्रभावित, निजीमा धमाधम भर्ना
शुक्रबार, वैशाख ५, २०८२
शिक्षक आन्दोलनका कारण पाल्पासहित देशभैभरका सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित बनेको छ । सरकारले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गरे पनि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुँदा भर्ना अभियान नै प्रभावित बनेको हो ।
आज विश्व सम्पदा दिवस मनाइँदै
शुक्रबार, वैशाख ५, २०८२
आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइँदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
शुक्रबार, वैशाख ५, २०८२
देशभरिका बालबालिकालाई यही बैंशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन लागिएको जनाएको छ ।
व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना
शुक्रबार, वैशाख ५, २०८२
जिल्लाको रामपुरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम भएको छ । नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाले जडा नं. ९ मा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
सम्पदा संरक्षण गरौं
शुक्रबार, वैशाख ५, २०८२
सम्पदा हाम्रा पहिचान हुन् । कुनै पनि जाति, समाज, क्षेत्र वा मुलुकका सम्पदालाई पहिचानका रुपमा लिने गरिन्छ । सम्पादा अमूल्य, अतुल्य विगतको पहिचान दिने स्रोत हुन् । मानव सभ्यता र इतिहासका साक्षी हुन् । तर तिनै पहिचानका स्रोतहरु राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाका कारण नेपालामा रहेका अनेक...


-1762576335.jpg)