पाल्पामा सरकार विरुद्ध युवाको स्वतस्पूर्त प्रदर्शन
शुक्रबार, जेठ ३०, २०७७
सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण
शुक्रबार, जेठ ३०, २०७७
बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । सुत्केरीलाई पोषणको अभाव हुन नदिन उपमहानगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो । आव २०७५/७६ देखि नै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम शुरु भएको थियो । जनस्वास्थ्यको हटलाइन सेवासँगै सबै...
बालश्रम विरुद्धको दिवस र सार्थकता
शुक्रबार, जेठ ३०, २०७७
बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइदै छ । सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो । बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर,...
कृषकलाई निःशुल्क विउ र मौरीघार
शुक्रबार, जेठ ३०, २०७७
जिल्लाको माथागढी गाउँपालिका ४ का कृषकहरुलाई निःशुल्क तरकारीका विउ–विजन र मौरीघार वितरण गरिएको छ । गरिवसँग विशेश्वर कार्यक्रम अन्तर्गत कृषकहरुलाई निःशुल्क उन्नत जातका तरकारीका विउ–विजन र मौरी घार वितरण गरिएको हो । वडाका १६ जना कृषकहरुले मौरी घार र उन्नत जातको तरकारीका विउ–विजन निःशुल्क पाएका छन् ।
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकलाई विदाई
बिहीबार, जेठ २९, २०७७
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकहरुलाई सम्मान सहित विदाई गरिएको छ । बन्दाबन्दीका बेला एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको पाल्पाको पश्चिम भेगमा रहेको सामुदायिक रेडियो मुक्तिनाथले एक औपचारिक कार्यक्रमका बीच शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । रेडियोले तानसेन रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै...
प्रदेश पाँचमा दुई विधेयक प्रमाणीकरण
बिहीबार, जेठ २९, २०७७
प्रदेश नं ५ को प्रदेशसभा बैठकबाट पारित दुई विधेयकलाई प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गरेका छन् । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण भएको...
साहित्य प्रतिष्ठान पाल्पाले गर्यो भर्चुअल कवि गोष्ठी
बिहीबार, जेठ २९, २०७७
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले इन्टरनेट भिडियो कन्फरेन्सिङ विधिबाट भर्चुअल कवि गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानले बन्दाबन्दीका बेला पनि नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा देश तथा विदेशबाट जोडिएका ४३ जना साहित्यकारहरुले देशकाल, परिस्थिती, माया, प्रेम, राजनीति, विचार दर्शन, व्यंग्य, सचेतना,...
पाल्पाका स्थानीय सरकारले खरिद गरे भिटिएम
बिहीबार, जेठ २९, २०७७
क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण अभावमा व्यवस्थापनमा सकस भइरहेका बेला जिल्लाका केही स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेका छन् । संघीय सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका...
खानेपानीको अभाव झेल्दै रामपुरवासी
बिहीबार, जेठ २९, २०७७
रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहुँच पुगेको छैन । नगरपालिकाको केन्द्र नजिकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ । गाउँमा दिगो खानेपानीको प्रबन्ध नहुँदा समस्या अझै पनि समाधान हुन नसकेको ताराबहादुर सोती बताउँछन् । पिउने पानीदेखि लिएर गाईभैँसीलाई खुवाउन र नुहाँउन गाउँमा पानीको...
गुल्मीमा नगर प्रमुखको अभिव्यक्तिप्रति सत्तापक्षले गर्यो बचाउ, प्रतिपक्षले विरोध
बिहीबार, जेठ २९, २०७७
जिल्लाको मुसिकोट नगरपालिकामा क्वारेन्टाइनको विषयलाई लिएर दुई ठूला राजनैतिक दलहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । केही दिन अघि मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले क्वारेन्टाइनको विषयमा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका हुन् । मेयरको अभिव्यक्ति प्रति सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुसिकोट...
एसइई परीक्षा नगर्ने निर्णय
बिहीबार, जेठ २९, २०७७
मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने निर्णय गरेको छ । बैंठकले विद्यालयद्वारा गरिएको आन्तरिक मुल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा पेश हुने संघीयता अनुरुपको शिक्षा ऐन पारित भएपछि...


