करेन्ट लागेर बालिकाको मृत्यु
बिहीबार, जेठ २९, २०७७
यस्ता छन् बालबालिकाहरुको मनोविज्ञान बलियो बनाउने उपाय
बिहीबार, जेठ २९, २०७७
कोरोना भाइरस (कोभिड–१९) का कारण आइरहेका विभिन्न टिका टिप्पणी, चिन्तन मननबाट देखापरेका परिस्थितिले सबै उमेर समूहका मानिसहरुमा विभिन्न खालका विचारहरु मन्थन भएका छन् । पत्रपत्रिका मुख्य पृष्ठ, रेडियो टेलिभिजनका मुख्य समाचारमा आउने कोरोना भाइरस संक्रमण र मृत्युका खबरले मानव जीवनमा असर पारिरहेको छ । जो मानवको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएका हुन्छन् ...
रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार
बिहीबार, जेठ २९, २०७७
लामो समयदेखिको बन्दाबन्दीको कारण प्रभावित बनेका स्थानीयहरुलाई मध्यनजर गर्दै जिल्लाको रिब्दीकोट गाउँपालिकाले रोजगार दिएको छ । लकडाउनले काम विहिन बनेका र विदेशबाट आएका तीन सय बढी स्थानीय नागरिकहरुलाई गाउँपालिकाले रोजगार दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ५ वटा वडाका ३ सय ६१ जनालाई रोजगार प्रदान गरेको छ ।...
पाल्पामा एकै दिन १२ जनामा संक्रमण देखियो, संक्रमितको संख्या २२ पुग्यो
बुधबार, जेठ २८, २०७७
जिल्लामा एकै दिन १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । माथागढी गाउँपालिकाको बहादुरपुर क्वारेन्टाइनमा रहेका १२ जनामा बुधबार संक्रमण देखिएको हो । ११ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
महामारीमा, महादेवहरूको मनपरी..!
बुधबार, जेठ २८, २०७७
उनी बिहानै उठेर डोको र गाग्री बोकेर केही दुर परको पधेरोमा पानी भर्न जान्छिन् । उहाँ आफ्नो बेडबाट झरेर,गलैचाको चाक्लो हृदयसँग खेल्दै सोफा सेटमा पुगेर एक गिलास जुस पिउँनु हुन्छ । कति फरक छ,महामहिम र उनको सोचको आकार,कति फरक छ कर्म..! उनलाई थाहा छ, उनको संसार पधेरो, घरगोठ र सानो...
क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
बुधबार, जेठ २८, २०७७
जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
आगलागी पिडितलाई एनआरएनए युएईको सहयोग
बुधबार, जेठ २८, २०७७
गैर आवासीय नेपाली संघ संयुक्त अरब इमिरेट्स (युएई) दुवईले रामपुर ६ को आगलागी पिडितलाई सहयोग गरेको छ । रामपुर ६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार रुपैयाँ बराबरको सहयोग गरको हो । सुनारको घरमा गत जेठ १३ गते विद्युत् सर्ट भएर टिनले छाएको २ तले कच्ची...
भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणको काम ६५ प्रतिशत सकियो
बुधबार, जेठ २८, २०७७
शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडक खण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५ प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयले जनाएको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३.६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको...
बाबुले गरे छोराको हत्या
बुधबार, जेठ २८, २०७७
रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै बुधबार विहान कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १.३० बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते बनाएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका...
खोली तर्दै, ओली
बुधबार, जेठ २८, २०७७
प्रधानमन्त्री ओली अब संकट काल लगाएरै भएपनि सत्ता र शक्तिको भरपुर प्रयोग गर्ने कसरतमा लागेका छन् । कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनले दिन प्रतिदिन थला पारेको मुलुकमा ओली सरकारले यो विश्वव्यापी महामारीलाई देखाएर सत्ता लम्ब्याउने खेलका लागि संकटकाल घोषणा गर्ने तयारीलाई व्यापकता दिनु भनेको लोकतन्त्रप्रतिको अर्को अमानवीय चरित्र बाहेक...
प्रदेश पाँच सरकारबाट १८ पक्की पुल बन्दै
बुधबार, जेठ २८, २०७७
आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश पाँच अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ पक्की पुल निमार्ण जारी राखेको छ । प्रदेश सरकारको लगानीमा तीन जिल्लामा सानो तथा ठूलो लगानीमा ती पुल निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ । मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका...


