
पाल्पा । जिल्लामा एकै दिन १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । माथागढी गाउँपालिकाको बहादुरपुर क्वारेन्टाइनमा रहेका १२ जनामा बुधबार संक्रमण देखिएको हो । ११ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । केहि दिन पहिले सोही क्वारेनटाइनमा रहेका १९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनको कन्ट्रयाक टेसिङ्गको आधारमा २२ जनाको स्वाव परीक्षण गरिएकोमा १२ जना सक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले बताए । उनीहरुको प्रदेश जनस्वाथ्य प्रयोगशाला भैरहवामा स्वाव परीक्षण गरिएको थियो । सक्रमित १२ जनालाई तानसेनको आईसोलेसनमा ल्याउने तयारी भईरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । यससँगै पाल्पामा संक्रमितको संख्या २२ पुगेको छ । पाल्पामा यस अघि १० जनामा कोरोना सक्रमण भएकोमा १ जनाको मृत्यु भएको र ७ जना तानसेन र २ जना रामपुरको आइसोलेशनमा उपचाररत रहेका छन् ।
सोमबार मात्र लुम्बिनी मेडिकल कलेजमा गुल्मीका एक जना र पूर्वखोलाका एक जनामा संक्रमण देखिएको थियो । यस अघि रामपुर नगरपालिकामा २ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना माथागढी गाउँपालिकामा १, निस्दी गाउँपालिकाका २, पूर्वखोला गाउँपालिकाका १ पुरुष गरी ८ जनामा संक्रमण देखिसकेको छ । संक्रमण देखिएका मध्ये पूर्वखोला गाउँपालिका सिलुवाका ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो । संक्रमितहरुको अवस्था भने समान्य रहेको अस्पतालहरुले जनाएका छन् ।
जिल्लामा पछिल्लो समयमा २ हजार २ सय भन्दा बढी नागरिक भारतबाट जिल्ला भित्रिएका छन् । हालसम्म ३ सय ५० भन्दा बढीको पिसिआरका लागि स्वाब संकलन भएको छ भने स्थानीय तहले आरडिटी परीक्षण गरिरहेका छन् । क्वारेन्टाइमा बसेका १४ दिन अवधी पुगेका व्यक्तिहरुले किट आफुहरुको पिसिआर परीक्षण गर्नुपर्ने वा घर पठाउन सम्वन्धित गाउँपालिकालाई आग्रह गरेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।