Shittalpati
कृषकलाई निःशुल्क विउ र मौरीघार

पाल्पा । जिल्लाको माथागढी गाउँपालिका ४ का कृषकहरुलाई निःशुल्क तरकारीका विउ–विजन र मौरीघार वितरण गरिएको छ । गरिवसँग विशेश्वर कार्यक्रम अन्तर्गत कृषकहरुलाई निःशुल्क उन्नत जातका तरकारीका विउ–विजन र मौरी घार वितरण गरिएको हो । वडाका १६ जना कृषकहरुले मौरी घार र उन्नत जातको तरकारीका विउ–विजन निःशुल्क पाएका छन् ।

कृषकहरुलाई व्यवसायिक रुपमा कृषि र मौरी पालन गरी त्यसबाट आयआर्जन वृद्धि गराई उनीहरुको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने उद्देश्यले उन्नत जातका तरकारीका विउ–विजन र मौरी घार वितरण गरिएको गाँउकार्यपालिका सदस्य सावित्रा ज्ञवाली पन्थीले बताईन् । वडा अध्यक्ष मधु पराजुली, वडा सचिव दिप माया पुन, सामाजिक परिचालक लिला बराल, गरिवसँग विशेश्वर कार्यक्रमका मूल समितिका अध्यक्ष कमला पौड्याल लगायतको उपस्थितिमा उक्त विउ–विजन र मौरी घार वितरण गरिएको थियो । न्यून आय भएका विपन्न परिवारहरूलाई व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्नका लागि निःशुल्क उपलब्ध गराइएको विउ–विजन र मौरीघारले थप उत्साह थप्ने वडा अध्यक्ष पराजुलीले बताए । उनले अहिले कोरोना भाईरसको कारणले गर्दा बाँझो जग्गामा तरकारी लगाउने कृषकहरूलाई गाँउपालिकाले अनुदानको व्यवस्था समेत गरेकाले कृषि व्यवसायमा लाग्न आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update