
कृष्ण पोखरेल
पाल्पा, पाल्पामा थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका थप १ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी श्रीकृष्ण भट्टराईले बताए । सक्रममित हुनेहरुमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका पुरुष र गुल्मी रुरु गाउँपालिकाकाका १ जना पुरुष रहेका छन ।
बहादुरपुरको वालविकास आधारभुत विधालयको क्वारेन्टाइमा रहेका २२ जना व्यक्तिको स्वाव परिक्षण पठाएकोमा केहि दिन अघि मात्र १२ जनामा कोरोना रिपोट पोजेटिभ र ९ जनाको रिपोट नेगेटिभ आएको थियो पेन्डिङ्गमा रहेको एक जनामा पनि कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । पाल्पामा कोरोना पोजेटिभको संख्या २३ पुगेको छ ।
पाल्पाको सवैभन्दा बढी माथागढी गाउँपालिकामा १४ जना व्यक्ति कोरोना बाट सक्रमित भएका हुन । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका २ जना व्यक्ति कोरोना बाट सक्रमित भएका छन । तानसेनको संयुक्त आईसोलेसमा १२ जना, मिशन अस्पतालको आइसोलेसनमा ५ जना र लुम्विनी मेडिकल कलेजको आइसोलेसनमा २ जना उपचाररत रहेका छन ।