सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं
शनिबार, भदौ १३, २०७७
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या दुई पुग्यो
शुक्रबार, भदौ १२, २०७७
जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्विनी मेडिकल कलेजमा उपचाररत तानसेन ८ मदनपोखराको पिपलडाँडाकी ३० वर्षिय महिलाको शुक्रबार मृत्यु भएको हो ।
विदेशको रोजगारी भन्दा, देशमै स्वरोजगारी बेस
शुक्रबार, भदौ १२, २०७७
विदेशमै पैसा कमाइन्छ, भन्ने सोंच आफैमा ठीक होईन भन्ने कुरालाई प्रमाणित गर्ने तयारीमा लागेका ३७ वर्षका पाल्पाली युवा मीनबहादुर आले अहिले रात दिन आफ्नो फार्ममा उन्नत जातका बाख्राको (विउ) नश्ल रेखदेखमै व्यस्त छन् ।
कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १ सय ९५ पुग्यो
शुक्रबार, भदौ १२, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ सय ९५ पुगेको छ ।
पाल्पा र गुल्मीमा निषेधाज्ञा एक हप्ता थपियो
शुक्रबार, भदौ १२, २०७७
पाल्पा र गुल्मीमा जारी निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएसी)को बैठकले भदौ १२ गते शुक्रबार राति १२ः०० बजेदेखि भदौ १९ गते शुक्रबार राति १२ः०० बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको हो ।
संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ
शुक्रबार, भदौ १२, २०७७
कोरोना भाइरस संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना संक्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।
ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
शुक्रबार, भदौ १२, २०७७
रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा एकजना पैदल यात्रुको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना –६ का १६ वर्षीय विनोद विक रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।
कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु
शुक्रबार, भदौ १२, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको शुक्रबार बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पाल्पाको निषेधाज्ञाबारे निर्णय हुँदै
शुक्रबार, भदौ १२, २०७७
जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज सिसिएमसीको बैठक बस्दै छ । बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी जिल्लाको अवस्थालाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ ।
जनमतको कदर हुन सकेन
शुक्रबार, भदौ १२, २०७७
बहुमत प्राप्त नेकपाको सरकारले जनमतको कदर गर्ने कार्यमा चुकेको छ । नेकपाले बहुमतको सरकार बनाए पनि निर्वाचनमा गरेको प्रतिबद्धता भुल्दै गएको छ ।
निषेधाज्ञाले रोकिएन सडक निर्माणको काम, तानसेन–बुटवल सडक मर्मत गरिदै
शुक्रबार, भदौ १२, २०७७
जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु ठप्प भइरहेको बेला सडक निर्माणको काम भने रोकिएको छैन । निषेधज्ञाको सदुपयोग गरी डिभिजन सडक कार्यालय पाल्पाले भने सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डमा परेका खाल्टाखुल्टी पुरी कालोपत्रे गर्ने कार्यलाई तिव्रता दिएको छ ।


