रोग, शरीरको प्रतिरक्षात्मक क्षमता र जडिबुटी
मंगलबार, भदौ ३०, २०७७
मिलेमतोमा नदी दोहन, सम्झौता भन्दा दश गुणा नदीजन्य पदार्थ निकासी
मंगलबार, भदौ ३०, २०७७
जिल्लामा स्थानीय सरकार र ठेकेदारको मिलेमतोमा जथाभावी नदी दोहन भएको खुल्न आएको छ । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको खुल्न आएको हो ।
कोरोनाको बहानामा अन्य विरामीलाई सास्ती नदेऊ
मंगलबार, भदौ ३०, २०७७
नेपालमा कोरोना भाइरस अस्वाभाविक ढङ्गले वृद्धि भएको छ । जसले गर्दा देशभरका अधिकांश अस्पतालहरु कोरोना नियन्त्रणका लागि कोभिड अस्पतालमा रुपान्तरण भएका छन् ।
पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि
सोमबार, भदौ २९, २०७७
जिल्लामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत पाँच जना र एक जना विरामीमा कोरोना पोजेटिभ देखिएको हो ।
पाल्पामा पनि बाल दिवसमा भर्चुअल बहस
सोमबार, भदौ २९, २०७७
‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ भर्चुअलरुपमा देशैभर मनाइएको छ । विभिन्न संघसंस्थाहरुले दिवसका अवसरमा भर्चुअल कार्यक्रममार्फत गोष्ठी, बहसका कार्यक्रम आयोजना गरे ।
पहिराले पाँच घर पुर्यो, एक बेपत्ता
सोमबार, भदौ २९, २०७७
अविरल वर्षाका कारण आएको पहिराले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
छोराद्वारा आमाको हत्या
सोमबार, भदौ २९, २०७७
झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।
कपिलवस्तुकी कोरोना संक्रमितको मृत्यु
सोमबार, भदौ २९, २०७७
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
पाल्पाको रामपुरमा कुटपिटबाट एक व्यक्ति घाइते
सोमबार, भदौ २९, २०७७
जिल्लाको रामपुर नगरपालिका ६ बिजयपुरमा कुटपिटबाट एक व्यक्ति घाइते भएका छन् । बिजयपुर स्थित बिजय श्रेष्ठको घरमा कोठा भाडामा बस्दै आएका रुपन्देही तिलोत्तमा नगरपालिका ४ का ३२ वर्षीय हरी चौधरीसँगै बस्दै आएका साथीको कुटाइबाट घाइते भएका हुन् ।
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक घाइते
सोमबार, भदौ २९, २०७७
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक व्यक्ति घाइते भएका छन् । जिल्लाको रेसुङ्गानगरपालिका ४ रैदी स्थित सडकमा मोटसाइकल दुर्घटना हुँदा चालक रेसुङ्गा नगरपालिका १ मिलन चोक वस्ने ४३ वर्षीय उमाकान्त पन्थी घाइते भएका हुन् ।
गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु
सोमबार, भदौ २९, २०७७
गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको मदानेगाउँपालिका ४ म्यालपोखरी आरुपाटाका ५० वर्षीय लुके खत्रीको विषादी सेवनबाट मृत्यु भएको हो ।
किसानले उत्पादन गरेका कृषि उपज स्थानीय तहले खरिद गरिदिने
सोमबार, भदौ २९, २०७७
जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । धुर्कोट गाउँपालिकाले कृषि उत्पादनलाई वृद्धि गरी गाउँपालिकालाई आर्थिक समृद्धि गर्ने गरी कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।


