यामाहाको ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ सुनौलो अवसर
बुधबार, भदौ ३१, २०७७
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन
बुधबार, भदौ ३१, २०७७
पाल्पाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनको सम्बन्धित निकायले अनुगमन थालेको छ । सोमबार शित्तलपाटी डटकम र मंगलबार नवजनचेतना दैनिकमा ‘मिलेमतोमा नदी दोहन’ शिर्षकमा समाचार प्रकाशित भएपछि अनुगमन समितिका संयोजक तथा जिल्ला समन्व समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबारबार नदी दोहन क्षेत्रको स्थलगत अनुगमन गरेको...
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
बुधबार, भदौ ३१, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रदेश पाँचका बर्दिया, बाँके, दाङमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको हो । बर्दिया बढैयाताल गाउँपालिका ८ कण्ठपुरमा छतबाट लडी एक जनाको मृत्यु भएको प्रादेशिक प्रहरीले जनाएको छ ।
निस्दीमा नदी दोहन :स्थानीय भन्छन् ‘नियम विपरीत उत्खननले खेती योग्य जमिन पुरिने डर भो’
बुधबार, भदौ ३१, २०७७
जिल्लाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनप्रति स्थानीय चिन्तित बनेका छन् । ठेकेदारसँगको मिलेमतोमा जथाभावी नदी दोहन भएपछि स्थानीय खेती योग्य जमिन पुरिने भन्दै चिन्तित बनेका हुन् ।
भदौ २८ गतेसम्म कोरोना बिमा गर्नेलाई पुरानै व्यवस्था लागू
बुधबार, भदौ ३१, २०७७
बिमा समितिले भदौ २८ गतेसम्मका कोराना बिमा गरेका बिमितको हकमा भने पुरानै व्यवस्था लागू हुने भएको छ ।
समितिले अहिले नयाँ निमय लागू गरेपनि भदौ २८ गतेभित्र बिमा गरेका बिमितलाई कोभिड–१९ संक्रमण पुष्टि भएमा पुरानै व्यवस्था लागू गरी एकमुष्ठ रकम दिने भएको हो ।
सुरक्षित गर्भपतन गराउने संख्यामा वृद्धि
बुधबार, भदौ ३१, २०७७
गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याड्ढले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको देखाएको हो ।
नदी दोहन र स्थानीय सरकार
बुधबार, भदौ ३१, २०७७
प्राकृतिक स्रोत र साधनले भरिपूर्ण पुर्वी पाल्पाको निस्दी गाउँपालिकाका वडा १ को कालीगण्डकीको भोटाहाघाटमा भएको नदीजन्य पदार्थ निकासी र विक्री वितरणमा भएको दोहनको घटनाले अहिले सर्वत्र चर्चा पाएको छ । तर पनि स्थानीय सरकार भने कानमा तेल खालेर बसे जस्तै चुपचाप बसेको छ ।
एकै दिन देशभर एक हजार ६२ संक्रमित निको
बुधबार, भदौ ३१, २०७७
देशभर एकै दिन एक हजार ६२ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
तानसेनमा श्रीनगर साँस्कृतिक डबली बन्दै
बुधबार, भदौ ३१, २०७७
तानसेन नगरपालिका वडा ५ कैलाशनगरमा श्रीनगर साँस्कृतिक डबली बन्दै गरेको छ । पाल्पाको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ डबली निर्माण भइरहेको तानसेन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।
सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा
मंगलबार, भदौ ३०, २०७७
बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन ।
१ असोजबाट हवाई टिकट बुकिङ खुल्ने, गन्तव्य तोक्न बाँकी
मंगलबार, भदौ ३०, २०७७
सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।
ढोरपाटनका बाढी प्रभावितलाई सोलार
मंगलबार, भदौ ३०, २०७७
ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १ सय २६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार) प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गरेका हुन् ।


