अन्तत वामदेव गौतम राष्ट्रिय सभा सदस्य बने
बिहीबार, असोज १, २०७७
तिनाउमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा
बिहीबार, असोज १, २०७७
तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य चौकीबाट चौबीसै घण्टा प्रसुती सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् ।
वामदेव गौतम राष्ट्रियसभामा मनोनित
बिहीबार, असोज १, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् ।
पाल्पामा कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि गरिदै
बिहीबार, असोज १, २०७७
कोरोनाबाट मृत्यु भएका तानसेन नगरपालिका ७ का पुरुषको अन्त्येष्टि गर्ने तयारी भएको छ । पाल्पाको चरचरे नजिकैको जंगलमा खाडल खनेर उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको आज बसेको सिसिएमसीको बैंठकले जनाएको छ ।
माथागढी गाउँ सरकारले बनाउने भयो आइसोलेशन अस्पताल
बिहीबार, असोज १, २०७७
जिल्लाको माथागढी गाउँ सरकारले कोभिड १९ को आशंका गरिएका र लक्षण देखिएका बिरामीको उपचारका लागि छुट्टै अस्थायी आइसोलेशन अस्पताल निर्माण गर्ने भएको छ । संघीय सरकारको १० लाख सहयोगमा गाउँपालिकाले झडेवाको देउगिरमा ५ वेडको आइसेलेसन अस्पताल निर्माण गर्ने भएको हो ।
भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता
बिहीबार, असोज १, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका बिच दमकडा माध्यमिक विद्यालय तानसेनले भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता गरेको छ । विद्यालयले आफ्नो स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा भर्चुअलबाटै कविता प्रतियोगिता गरेको हो ।
पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
बिहीबार, असोज १, २०७७
पाल्पामा कोरोना संक्रमित थप एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको हो ।
नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने
बिहीबार, असोज १, २०७७
नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।
आज देशभर विश्वकर्मा पुजा गरिदैं
बिहीबार, असोज १, २०७७
विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गरेर आज विश्वकर्मा पूजा मनाइदै छ । यस दिन कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ ।
फलामे औजारको पूजा
बिहीबार, असोज १, २०७७
सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी आज विश्वकर्मा दिवस मनाइँदैछ । विषेशगरी वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।
२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज
बिहीबार, असोज १, २०७७
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार पनि पछिल्लो २४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज भएका छन् ।
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक
बुधबार, भदौ ३१, २०७७
नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।


