नेपाल शिक्षक संघद्वारा सेन माविलाई सेनिटाइजर सहित पानी टंकी
आइतबार, असोज ४, २०७७
अवैध धन्दा बन्द गर
आइतबार, असोज ४, २०७७
कोरोना महामारीका कारण मुलुक अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेको छ । सामाजिक र आर्थिक गतिविधिमा आएको परिवर्तनले नागरिकको दैनिकी बदलिएको छ ।
‘संविधान सहमतिको दस्तावेज’
आइतबार, असोज ४, २०७७
मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् ।
गुल्मी दरबार गाउँपालिकामा ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ
शनिबार, असोज ३, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ‘कस्तो छ आमा ?’ कार्यक्रमको शुभारम्भ गरेको छ । गाउँपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमको शुभारम्भ गरेको हो ।
मृगौला पिडीत पाण्डेलाई आर्थिक सहयोग
शनिबार, असोज ३, २०७७
तानसेन नगरपालिका १४ अर्गेलीका मृगौला पिडीत झपिन्द्रलाल पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलामा समस्या देखिएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको हो ।
पाल्पामा दुई जना नर्स सहित पाँच जनामा कोरोना
शनिबार, असोज ३, २०७७
जिल्लामा थप दुई नर्स सहित पाँच जनामा कोरोना पुष्टि भएको छ । शनिबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत दुई जना स्टाफ नर्स सहित पाँच जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगर सरकारको सेवा प्रभावित
शनिबार, असोज ३, २०७७
पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगरपालिकाको सेवा प्रभावित भएको छ । एक हप्ता अघि लिएको स्वावको समयमै परीक्षण नहुँदा नगरपालिकाका सबै सेवाहरु प्रभावित भएका हुन् ।
भर्चुअल माध्यमबाट विद्यालय संवाद
शनिबार, असोज ३, २०७७
कोरोना माहमारीका बिच भर्चुअल माध्यमबाट तानसेनमा विद्यालय संवाद कार्यक्रम भएको छ । दमकडा माध्यमिक विद्यालय तानसेनले स्थापनाको ६४ औं वार्षिकोत्सवको अवसरमा भर्चुअल साँझा संवाद कार्यक्रम आयोजना गरेको हो ।
पाल्पामा ४२ वर्षीया थप कोरोना संक्रमित महिलाको मृत्यु
शनिबार, असोज ३, २०७७
जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु हो ।
संविधानका पाँच वर्ष
शनिबार, असोज ३, २०७७
देशले इतिहास मै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधान सभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।


