Shittalpati
वामदेव गौतम राष्ट्रियसभामा मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् । गौतम संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा मनोनित भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको शपथ अहिले हुँदै छ ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update