Shittalpati
अन्तत वामदेव गौतम राष्ट्रिय सभा सदस्य बने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् । गौतम संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा मनोनित भएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्युठान, दाहाक्वारी १–का गौतमले विहिबार नै राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् ।

राष्ट्रपतिले मनोनित गरेका गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सपथ गराएका हुन् । सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् । ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन,’ गौतमले भने । नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने पनि बताएका छन् । राष्ट्रपतिले मोनिनत गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । यो कोटामा गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । गत २०७४ सालको भएको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतमलाई सरकारले विज्ञ समूहबाट सदस्यमा मनोनयन गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update