राष्ट्रिय बालदिवसको सार्थकता
सोमबार, भदौ २९, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० को मृत्यु
सोमबार, भदौ २९, २०७७
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, रोल्पा, रुकुम, बाँके र कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा १० जनाको मृत्यु भएको हो ।
२५ सयमा पिसिआर परीक्षण
सोमबार, भदौ २९, २०७७
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबारदेखि २ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण हुने भएको छ । अस्पतालले दैनिक परीक्षण संख्या बढाइ दैनिक ४ सयदेखि ५ सयको पिसिआर परीक्षण गर्ने जनाएको छ ।
निस्दीमा ठेकेदारसँगको मिलेमतोमा नदी दोहन
आइतबार, भदौ २८, २०७७
पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा ठेक्का सम्झौता भन्दा दश गुना बढी नदीजन्य पदार्थ निकासी पछि व्यापक आर्थिक अनियमिता भएको खुल्न आएको छ ।
एकै दिन एक हजार एक सय ७३ संक्रमित डिस्चार्ज
आइतबार, भदौ २८, २०७७
नेपालमा एकै दिन एक हजार एक सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय ७३ जना डिस्चार्ज भएको आइतबारको प्रेस सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
पाल्पामा आइतबार स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि
आइतबार, भदौ २८, २०७७
जिल्लामा एक स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि भएको छ । आईतबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पाल्पा अस्पतालका एक जना स्वास्थ्यकर्मी र रैनादेवी छहरा गाउँपालिकका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए ।
घुम्थाङमा पहिरो : पाँचको शव निकालियो, ३१ बेपत्ता
आइतबार, भदौ २८, २०७७
बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
आइसोलेशनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्
आइतबार, भदौ २८, २०७७
कोरोना संक्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृतकका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् ।
औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै
आइतबार, भदौ २८, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
तानसेनमा गौमुखी धारा र शिवलिङ्ग स्थापना हुँदै
आइतबार, भदौ २८, २०७७
तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ऐतिहासिक ठूलो पोखरीमा १०८ गौमुखी धारा र एउटा शिवलि· स्थापना हुने भएको छ । गत चैतदेखि गौमुखी धारा स्थापना गर्न पोखरीमा आधार तय गर्ने काम भइरहेको वडाध्यक्ष वरुणप्रसाद रेग्मीले बताए ।
सोंचे भन्दा फरक कोरोना
आइतबार, भदौ २८, २०७७
पहिलो पटक नेपालमा कोरोना भारइसको संक्रमण गत माघमा पुष्टि भएको थियो । सोही समयमा चीनको वुहानमा हजारौंको मृत्यु र लाखौ संक्रमित हुने क्रम जारी थियो । त्यहाँ भयावह अवस्था देखिनु र सञ्चार माध्यमहरूमा व्यापक प्रचार हुँदा नेपालमा पनि यसको डर विस्तारै बढ्दै थियो ।
थोत्रिँदै छन् करोडौंका गाडी
आइतबार, भदौ २८, २०७७
पाल्पा बसपार्कमा छ महिनादेखि थन्किएका गाडीका टायर चिरा पर्न थालेका छन् । लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका गाडीका टायर काम नलाग्ने अवस्थामा पुगेका हुन् । कोरोना महामारीका बेला भएको बन्दाबन्दीले यातायात मजदुर घरमा छन्, जसले गर्दा रोकिएका गाडी ‘स्टार्ट’ समेत गरिएको छैन ।


