Shittalpati
कृषि क्षेत्रमा बैंकको लगानी बढ्यो
कृषि क्षेत्रमा बैंकको लगानी बढ्यो पछिल्लो समय नेपालको कृषि क्षेत्रमा बैंकहरुको लगानी बढ्दै गएको छ । कृषिक्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यवसायिकीकरणतर्फ उन्मुख हुँदै गएपछि बैंकहरुले यस क्षेत्रमा ऋण लगानी बढाउँदै गएका छन् । वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा अहिले ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।
कोरोना खोप किन्न एक अर्ब बजेट स्वीकृत
कोरोना खोप किन्न एक अर्ब बजेट स्वीकृत कोरोना खोप खरिद गर्न अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको थियो । थप ५० करोड रुपैयाँ मंगलबार स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म भारतको अनुदानमा प्राप्त खोप लगाउँदै आएको छ ।
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।
गुल्मी चन्द्रकोटका नागरिकलाई आईपीओ निष्कासन गरिदै
गुल्मी चन्द्रकोटका नागरिकलाई आईपीओ निष्कासन गरिदै गुल्मीको चन्द्रकोट गाउँपालिका ६ र ७ का नागरिकहरुलाई लक्षित गर्दै आइपीओ निष्कासन गर्न लागिएको छ । रूरू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि उक्त क्षेत्रका नागरिकहरुलाई लक्षित गर्दै आईपीओ निष्कासन गर्न लागेको हो ।
गुल्मीका होटल र रेष्टुरेण्टको स्तरीकरण गरिने
गुल्मीका होटल र रेष्टुरेण्टको स्तरीकरण गरिने जिल्लामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्याङ्कन गरेर स्तरीकरण गरिने भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले गुल्मीका होटल तथा रेस्टुरेण्ट स्तरीकरण गर्ने भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा र तम्घासका होटल व्यवसायीहरु बिच छलफल गरी स्तरीकरणको लोगो वितरण गर्न...
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक जिल्लाको माथागढी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाले आठौँ गाउँसभा मार्फत चालु आर्थिक वर्षको माघ २० गतेसम्मको कार्यक्रम र योजनाहरुको प्रगती प्रतिवेदन सार्वजनिक गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल नेपाल राष्ट्र बैङ्कको ख’वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । बैंकको पोखरामा भएको १४ औँ साधारणले बस्याललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ घर भएका बस्याल बैंकको स्थापना कालदेखी सञ्चालक समितिमा रहँदै आएका थिए ।
जेष्ठ नागरिकको सम्मानमा गुल्मीदरबार गाउँपालिका
जेष्ठ नागरिकको सम्मानमा गुल्मीदरबार गाउँपालिका जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुको सम्मानमा चासो देखाएको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरु नै समाजका पथप्रदर्शक भएको भन्दै उनीहरुको सम्मानमा चासो देखाउदै आएको हो । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत नै गाउँपालिकाले उनीहरुको चासो, गुनासो, समस्या, इच्छा, आकांक्षाका विषयमा टोल–टोलमा पुगेर अन्तक्र्रिया गरेको छ ।
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
विहार र निसान घरलाई आर्थिक सहयोग
विहार र निसान घरलाई आर्थिक सहयोग जिल्लामा निर्माणधिन अवस्थामा रहेका विहार र निसान घरका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले जिल्लाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध विहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि आर्थिक सहयोग गरेको हो ।
पाल्पाली ढाका प्रवर्धनका लागि तालिम
पाल्पाली ढाका प्रवर्धनका लागि तालिम पाल्पाली ढाकाको प्रवद्र्धन तथा विस्तार गर्न तालिम दिइएको छ । पाल्पाली ढाका संघले पाल्पाली ढाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप विस्तार तथा प्रवद्र्धन गर्नुको साथै जिल्लाका नागरिकहरुलाई आयआर्जनमा लाग्नका लागि तीन महिने तालिम दिएको हो ।
नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने
नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
Weather Update