Shittalpati
लुम्बिनी जनरलको आवेदन समय आज सकिदै


पाल्पा,  कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने समय आज सकिन लागेको छ । बैंकले उक्त इन्स्योरेन्स कम्पनीको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा ल्याएको थियो । उक्त समय शुक्रबार सकिन लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आजसम्म बोलपत्र पेश गर्न सक्ने छन् । शेयरको न्यूनतम मूल्य २ सय तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । सो अवधिमा प्राप्त शिलबन्दी बोलपत्रहरु असार १ गते बिहान १० बजे कुमारी क्यापिटल नागपोखरी, नक्सालमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने पनि कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update