अनुदानबाट मालिकाका कृषक लाभान्वित
सोमबार, भदौ १, २०७७
ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीहरुको कोरोना बिमा
आइतबार, साउन ३२, २०७७
नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको कोरोना बिमा गर्न थालिएको छ । वित्तीय संघ–संस्थाहहरुमा कार्यरत व्यक्तिहरु पनि संक्रमणको उच्च जोखिममा रहने भएकाले सम्बन्धित संघ–संस्थाहरुले आ–आफ्ना कर्मचारीहरुको कोरोना बिमा गर्न थालेका छन् ।
गुल्मीका पहिरो पिडितलाई राहत सहयोग
शुक्रबार, साउन ३०, २०७७
जिल्लाका पहिरो पिडितलाई राहत सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ बुटवल जितगढीले मुसिकोट नगरपालिकामा र इस्मा गाउँपालिकाका पहिरो पिडितलाई राहत सहयोग गरेको हो ।
काज किरिया सञ्चालनका लागि आर्थिक सहयोग
बिहीबार, साउन २९, २०७७
विपन्न परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको रामपुर नगरपालिका ८ कोल्टारका विपन्न विक परिवारलाई रामपुर नगरपालिकाका कर्मचारी र नेपाल तरुण दल रामपुरले आर्थिक सहयोग गरेका हुन् ।
प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा अक्षय कोषमा आर्थिक सहयोग
बुधबार, साउन २८, २०७७
नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले दस हजार एक सय ११ रुपैंयाँ सहयोग गरेका हुन् ।
एनसेल आजीयाटाले शुरु गर्यो वायरफ्रीप्लस सेवा
बुधबार, साउन २८, २०७७
एनसेलले नेपालमा पहिलो पटक वायरफ्रीप्लस वाइफाइ सेवा शुरु गरेको छ । गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवा शुरु गरेको एनसेल आजीयाटा लिमिटेडले बताएको छ ।
फेरी कर्मचारी आलोपालोमा बैंक चलाउन राष्ट्र बैंकको निर्देशन
सोमबार, साउन २६, २०७७
विश्वभर फैलिएको कोरोना महामारीको जोखिम उच्च बनेपछि राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो प्रणालीमा व्यवस्थापन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना नै जारी गरी बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।
माथागढीमा बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता
सोमबार, साउन २६, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले बैंकि· प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाले भत्ताको पारदर्शिता र दुरुपयोग हुनबाट जोगाउन बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गर्दै आएको हो ।
फरक क्षमताका बालबालिकाका लागि मास्क र खाजा
शनिबार, साउन २४, २०७७
फरक क्षमता भएका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरिएको छ । नेपाल महिला संघ तानसेन नगरपालिका २ को वडा समितिले ७३ औं महिला संघको स्थापना दिवसको अवसरमा तानसेनमा रहेको सिबिआर केन्द्रका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरेको हो ।
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान
शुक्रबार, साउन २३, २०७७
जिल्लाको माथागढी गाँउपालिकाले किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकाले किसानलाई कृषिमा उत्साहित बनाउन प्रोत्साहन स्वरुप २ लाख २० हजार ३ सय ६१ रुपैयाँ अनुदान दिएको छ ।
कोरोना बिमाको दाबी भूक्तानी
बिहीबार, साउन २२, २०७७
जिल्लामा कोरोना बिमा दाबी भुक्तानी गरिएको छ । कोरोना बिमा गराएका गुल्मीदरबार गाउँपालिकाका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको एक लाख रकम भुक्तानी गरिएको हो ।
सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री
बुधबार, साउन २१, २०७७
जिल्लाको तानसेनमा रहेको पाल्पा सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार तानसेनले एक कार्यक्रमको आयोजना गरी पाल्पा सिबिआरमा रहेका फरक क्षमताका बालबालिकाहरुका लागि खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको हो ।
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार
मंगलबार, साउन २०, २०७७
तानसेन नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । नगर सरकारले मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार सहित घारका लागि आवश्यक सामग्री वितरण गरेको हो ।


