तानसेनमा सहकारी सञ्जाल गठन, संयोजकमा पन्त
शनिबार, असार २७, २०७७
शनिबार बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन
शनिबार, असार २७, २०७७
नेपाल राष्ट्र बैंकले शनिबार अर्थात् आज पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक विदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।
एनसेलका ग्राहकलाई युट्युबबाटै भरपुर फाइदा
शनिबार, असार २७, २०७७
एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ ।
गुल्मी काँग्रेस पुग्यो राहत लिएर पहिरो प्रभावित क्षेत्रमा
बिहीबार, असार २५, २०७७
जिल्लाका पहिरो पीडितका लागि नेपाली काँग्रेस गुल्मीले आवश्यक राहत सहयोग गरेको छ । ईस्मा गाउँपालिका १ मल्दीका पहिरो पीडितलाई काँग्रेसले १ लाख ५० हजार बराबरको राहत सहयोग गरेको हो । पीडामा परेका नागरिकलाई केही भए पनि सहयोग पुगोस् भनेर राहत सहयोग गरेको पार्टी सचिव खिलध्वज पन्थीले बताए ।
पाल्पा प्याब्सनद्वारा शिक्षकलाई राहत
बुधबार, असार २४, २०७७
लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेका शिक्षकहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले राहत सामग्री वितरण गरेको छ । कोरोना महामारीका कारण ४ महिनादेखि शैक्षिक सस्थाहरु बन्द रहेकाले प्रभावित बनेका जिल्लाका संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई प्याब्सनले राहत सामग्री सहयोग गरेको हो ।
सटर भाडा छुट गर्दै रेडक्रस पाल्पा
बुधबार, असार २४, २०७७
जिल्लाको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीले सटर तथा कोठा भाडा छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले सटरमा व्यवसाय गर्दै आएका व्यवसायी र कोठा भाडामा बस्दै आएका व्यक्तिहरु प्रभावित भएको भन्दै रेडक्रसले दूई महिनाको भाडा छुट गरेको हो । संस्थाले तानसेनको मखनटोलमा रहेका ३, बारुदखानमा रहेको १ सटर र...
खोला र जंगलका भरमा जीवीकोपार्जन
मंगलबार, असार २३, २०७७
आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जंगलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ । कुमाल समुदायले खोलामा माछा, गँगटा र घोँगी तथा वनमा च्याउ खोजेर बजारमा ल्याई बेचेको आम्दानीबाट परिवारको जीवीकोपार्जन गर्दै आएको छ ।...
नमूना गाउँपालिका बनाउने योजना सहित तिनाउको गाउँसभा सकियो
मंगलबार, असार २३, २०७७
जिल्लाको तिनाउ गाउँपालिकाले नमूना गाउँपालिका बनाउने योजना सहित सातौ गाउँसभा सकेको छ । गाउँपालिकाले आगामी ३ बर्ष भित्र नमुना गाउँपालिका बनाउने योजना सहित गाउँसभा सकेको हो । गाउँपालिकाले सेवाप्रवाहलाई सहज बनाउन आफ्नै भवन निर्माणको लागि २ करोड ५० लाख छुट्याएको छ । ४ वटा वडा कार्यालय निर्माणको लागि ६५÷६५ लाख...
ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य
शनिबार, असार २०, २०७७
ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३६३ औं बैठकले सूचना अधिकारीमा आचार्यलाई नियुक्त गरेको हो । बैंकको सहायक महाप्रबन्धकका रुपमा रहेका आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरिएको बैंकका हेड रिटेल मनोज रायमाझीले जानकारी दिए । नवनियुक्त आचार्यले असार १८ गतेदेखि उक्त पदको...
व्यवसायिक किसानलाई निःशुल्क पशु आहार
शुक्रबार, असार १९, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकामा सञ्चालित बगनासकाली बहुउद्देश्यीय सहकारी सस्था लि.ले व्यवसायिक किसानहरुका लागि निःशुल्क पशु आहार (दाना) दिएको छ । सहकारीले किसानहरुलाई पशु व्यवसायीमा लाग्न थप प्रोत्साहनका लागि निःशुल्क पशु आहार दिएको हो । सहकारीले एक कार्यक्रमका बिच सहकारीमा आवद्ध ५० जना सदस्यहरुलाई दाना वितरण गरेको छ । दाना वितरण गर्दै...
तानसेन नगरपालिका परिसरमा नेपाल बैंकको एक्टेनसन काउन्टर
बिहीबार, असार १८, २०७७
नेपाल बैंक लिमिटेडले तानसेन नगरपालिका परिसरमा एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको छ । नगर सरकारले ल्याएको युवा स्वारोजगार कार्यक्रमलाई लक्षित गरी विना धिलो सहुलियतमा कर्जा उपलब्ध गराउन बैंकले एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको हो । काउन्टरको नगर प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
पाल्पा जेसिजद्वारा तानसेनका आइसोलेशनमा रहेका नागरिकलाई सहयोग
बिहीबार, असार १८, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले तानसेनका आइसोलेशन सेन्टरमा रहेका नागरिकहरुका लागि सहयोग गरेको छ । जेसिजले कोरोना संक्रमण देखिई तानसेनमा निर्माण गरिएका विभिन्न आइसोलेशन सेन्टरमा बसेका नागारिक र उनीहरुको व्यवस्थापनमा खटिएका ३५ जनालाई पौष्टिक खानेकुरा र मास्क सहयोग गरेको हो ।
भाडा छुट दिन गुल्मी उद्योग वाणिज्य संघको आग्रह
बुधबार, असार १७, २०७७
गुल्मी उद्योग वाणिज्य संघले व्यवसायिक प्रयोजनको लागि लिएका व्यवसायिक सटर तथा घरहरुको भाडामा विशेष छुट दिन आग्रह गरेको छ । संघका अध्यक्ष श्रीप्रसाद भलामीले बुधबार एक अपिलपत्र जारी गर्दै यस्तो बताएका हुन् । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई ध्यानमा राख्दै गरिएको बन्दाबन्दीले विगत चार महिनादेखि...


