Shittalpati
रम्भा गाउँ सरकारको बजेट, कृषि र पशुपालन मार्फत  रोजगारमा केन्द्रीत
रम्भा गाउँ सरकारको बजेट, कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत जिल्लाको रम्भा गाउँपालिकाले आगमी आर्थिक वर्षको बजेट कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको छ । गाउँ सरकारले आफ्नो गाउँ आत्मनिर्भर बनाऔँ अभियानका साथ बजेटको ठूलो हिस्सा २ करोड ७७ लाख ५० हजार कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको...
मौद्रिक नीतिमार्फत ऋण तिर्ने म्याद थपियो
मौद्रिक नीतिमार्फत ऋण तिर्ने म्याद थपियो कोरोनाबाट प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि थपिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोभिड– १९ का कारण अर्थतन्त्रमा पारेको प्रभावलाई सहज बनाउन ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको हो ।
एनसेलले ल्यायो आकर्षक भ्वाइस अफर
एनसेलले ल्यायो आकर्षक भ्वाइस अफर नसेल प्राइभेट कम्पनीले आफना ग्राहकहरुका लागि आकर्षक भ्वाइस अफर ल्याएको छ । एनसेलले प्रिपेड ग्राहकहरुका लागि आकर्षक भ्वाइस अफर ल्याएको हो । प्रिपेड ग्राहकले आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
रामपुर नगर सरकारको बजेट ७१ करोड २० लाख
रामपुर नगर सरकारको बजेट ७१ करोड २० लाख रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७१ करोड २० लाख ३० हजारको बजेट पारीत गरेको छ । नगर सभाले झण्डै ५ करोड रुपैयाँ रकम संसोधन थप गरी बजेट पारित गरेको हो । नगरपालिकाले गत १० गते पारित गरेको निती तथा कार्यक्रममा ६५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको थियो...
छोरी जन्माउनेलाई पाँच हजार !
छोरी जन्माउनेलाई पाँच हजार ! जिल्लाको एक गाउँपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता दिने भएको छ । कालीगण्डकी गाउँपालिकाले छोरी जन्मिएको घरलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा उक्त योजना पास गरेको छ ।
पहिरो पीडितलाई इस्मा समाज जापनको आर्थिक सहयोग
पहिरो पीडितलाई इस्मा समाज जापनको आर्थिक सहयोग जिल्लाको इस्मा गाउँपालिकाका पहिरो पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । इस्मा गाउँपालिका समाज जापानले पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिका १ र ४ का ७० घर परिवारलाई समाजले करिव साढे चार लाख सहयोग गरेको छ ।
श्रीमानको स्मृतिमा नेतृ पन्थीद्वारा अक्षकोष स्थापना
श्रीमानको स्मृतिमा नेतृ पन्थीद्वारा अक्षकोष स्थापना नेपाल महिला संघकी नेतृ तथा जिल्ला उपाध्यक्ष मिना पन्थीले आफना श्रीमानको स्मृतिमा अक्षकोष स्थापना गरेकी छन् । उनले आफ्ना श्रीमान स्वर्गीय राजेन्द्र पन्थीको पुण्य स्मृतिमा तानसेनमा निर्माण हुन लागेको विपि स्मृति पुस्तकालयका लागि ५० हजार अक्षकोष स्थापना गरिदिएकी हुन् । पन्थीले छोरी डा.आकृति र छोरा आकारको पहलमा अक्षकोष स्थापना गरिदिएकी...
प्रभुु र समृद्धि क्यापिटल मर्ज
प्रभुु र समृद्धि क्यापिटल मर्ज सरकारले बैंक तथा वित्तीय संस्था ऐन–२०६३ को परिच्छेद १० को दफा ६८ र ६९ मा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिन सक्ने व्यवस्था गरेसँगै पछिल्लो समय बैंकहरु एक आपसमा गाभिन थालेका छन् । संस्थालाई मजबुद र प्रभावकारी बनाउन बैंकहरु मर्जर प्रक्रियामा अगाडि बढेका छन् । यसै क्रममा...
आलेख : प्रदेश नं ५ को उद्योग व्यवसायमा कारोनाको प्रभाव
आलेख : प्रदेश नं ५ को उद्योग व्यवसायमा कारोनाको प्रभाव कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पुर्‍याएको गम्भीर क्षतिको प्रभाव नेपालमा पनि परेको छ । यस महामारीका कारण नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्र धराशयी बन्दै गएको देखिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको बन्दाबन्दीले प्रदेश नं ५ का कृषि तथा वनजन्य, निर्माण, पर्यटन तथा सेवामूलक र सञ्चार तथा...
रेग्मी परिवारले गर्‍यो छोरीको विवाह वर्षगाठको अवसरमा विपन्नलाई सहयोग
रेग्मी परिवारले गर्‍यो छोरीको विवाह वर्षगाठको अवसरमा विपन्नलाई सहयोग नेपाली समाजमा पछिल्लो समय विवाह,जन्म उत्सवका अवसरमा बढी नै फर्जुल खर्च गर्ने प्रचलन बढी रहेका बेला जिल्लाको एक परिवारले भने आफनो छोरीको विवाह वर्षगाठमा गरिने फर्जुल खर्च कटाएर विपन्नलाई सहयोग गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पस रोड निवासी भेषराज रेग्मी र जमुना रेग्मीले आफनी अष्ट्रेलियामा रहेकी छोरी निलम...
एनआईसी एशिया बैंकद्वारा ज्याकेट सहयोग
एनआईसी एशिया बैंकद्वारा ज्याकेट सहयोग एनआईसी एशिया बैंकले जिल्लाको एक विद्याललाई ज्याकेट सहयोग गरेको छ । बैंकको तम्घास शाखाले जिल्लाको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास माध्यमिक विद्यालयलाई ज्याकेट सहयोग गरेको हो । फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयलाई बैंकले ३५ सेट ज्याकेट सहयोग गरेको विद्यालयकी प्रधानाध्यापक पिंकी घिमिरे भुसालले बताइन् ।
काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत
काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत नेपाली काँग्रेस गुल्मी–काठमाडौ सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत प्रदान गरिएको छ । जिल्लाको ईस्मा गाउँपालिका १ मल्दीका पहिरो पीडितलाई सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिले आवश्यक खाद्यन्न सामग्री सहयोग गरेको हो । पहिरो प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिएको समितिका संयोजक योगराज कंडेलले बताए । पीडितलाई दुई लाख बराबरको...
Weather Update