भैरव नवदीपलाई कुमारी बैंकको सहयोग
सोमबार, साउन १२, २०७७
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन
आइतबार, साउन ११, २०७७
तानसेनमा रहेको श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा भएको छ । सहकारीले तानसेनमा आफ्नो पहिलो साधारण सभा मनाएको हो । सभाको नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
गुल्मीमा ८८ प्रतिशत बजेट खर्च, २३ करोड ४३ लाख राजस्व संकलन
आइतबार, साउन ११, २०७७
गत आर्थिक वर्षमा जिल्लाको विकास निर्माणका लागि प्राप्त भएको बजेटमध्ये ८८ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा विकास निर्माणका लागि प्राप्त कूल बजेट ९ अर्ब ५९ करोड ९४ लाख ६५ हजारमध्ये ८ अर्ब ४६ करोड २४ लाख ६७ हजार ९ सय अर्थात् ८८ दशमलव १५ प्रतिशत...
प्रेस युनियन पाल्पाद्वारा पत्रकारलाई ज्याकेट
शनिबार, साउन १०, २०७७
नेपाल प्रेस युनियन पाल्पा शाखाले युनियनमा आवद्ध जिल्लाका क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको पहिचान र स्वास्थ्य सुरक्षाका लागि युनियनले प्रेस ज्याकेट सहित स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै
शनिबार, साउन १०, २०७७
विश्वभर फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय संघ सस्थाका शाखाहरु अबदेखि नियमित खुल्ने भएका छन् । लकडाउनका कारण सञ्चालन हुन नसकेका केही बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ने भएका हुन् ।
तानसेनमा सहकारी सञ्जाल : अभियान तिव्र
शुक्रबार, साउन ९, २०७७
सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवद्र्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा यसलाई एउटा व्यावसायिक कौशलको रूपमा पनि लिइन्छ । ‘एकका लागि सबै र सवैका लागि एक’ भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक...
जन्मदिनको अवसरमा नेता कंडेलले गरे पहिरो पीडितलाई आर्थिक सहयोग
बिहीबार, साउन ८, २०७७
पछिल्लो समय नेपाली समाजमा मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, अनावश्यक फजुल खर्च गरेर खानपिन गरी जन्मदिन मनाउने गर्छन् । तर जिल्लाका एक व्यक्तिले भने आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।
पाल्पामा एक वर्षमा चार सय उद्योग थपिए
बिहीबार, साउन ८, २०७७
पाल्पा जिल्लामा एक वर्षमा ४ सय ७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७/७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३ सय ९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १ सय ५५, पर्यटनमूलक १ सय ४८ र सेवामूलक ६२ उद्योग...
पाल्पामा काम हुन नसक्दा दुई अर्ब बढी रकम फ्रिज
बुधबार, साउन ७, २०७७
जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा अर्बौ रकम फ्रिज भएको छ । विकास निर्माणका लागि प्राप्त भएको रकम मध्ये दुई अरबभन्दा बढी रकम खर्च हुन नसकेपछि फ्रिज भएको हो । संघ र प्रदेश सरकारबाट जिल्लामा आएको ठूलो बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले पाल्पाले जनाएको छ ।
गुल्मी पहिरो पिडितलाई आर्थिक सहयोग
मंगलबार, साउन ६, २०७७
जिल्लाको वामी नमूना समाज मुसिकोटले मुसिकोट र इश्माका बाढी पहिरो प्रभावितहरुलाई नगद सहयोग रकम हस्तान्तरण गरेको छ । समाजले एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका २ का एक वेपत्ता व्यक्तिको घरपरिवारलाई ५ हजार, अन्य विस्थापित घरपरिवारलाई ७५ हजार गरी ८० हजार नगद रकम सहयोग हो । उक्त रकम मुसिकोट नगरपालिका २...
गुल्मी काँग्रेसको नजर पहिरो प्रभावित क्षेत्रमा
सोमबार, साउन ५, २०७७
केही समय अघि जिल्लाको इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाका पहिरोका कारण मानविय तथा भौतिक क्षति भयो । असार १८ गतेको अविरल वर्षासँगै आएको पहिरोमा परी इस्मा गाउँपालिका–१ मल्दीका दुई जनाले अकालमै ज्यान गुमाउनुपर्यो भने, ६ जना गम्भीर घाइते भए । एक सय ९४ घर विस्थापित छन् । त्यहाँ अहिलेसम्म विद्युत,...
सामाजिक सुरक्षा भत्ता कटौतीका विषयमा गुल्मीमा पनि विरोध
आइतबार, साउन ४, २०७७
नेपाल सरकारले पेन्सनवालाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने गरेको निर्णय प्रति देशैभरका भूपु सैनिकहरु विरोधमा उत्रिएका छन् । गुल्मीमा पनि भारतीय पेन्सनवालाहरुले सरकारले पेन्सनवालाहरुका लागि सामाजिक सुरक्षा भत्ता कटौती गर्ने गरेको निर्णय प्रति विरोध जनाएका हुन् । नियमित रुपमा विभिन्न सेवा सुविधा पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्थाको विरुद्ध...
भूपु सैनिकको भत्ता कटौती गर्ने सरकारको निर्णयको रामपुरमा विरोध
आइतबार, साउन ४, २०७७
विदेशबाट पेन्सन लिने नागरिकहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयसँगै देशैभरका भूपू गोर्खा सैनिकहरुले विरोध जनाएका छन् । देशका विभिन्न स्थानमा विरोध प्रदर्शन, धर्ना, र्याली तथा ज्ञापन पत्र बुझाउने कार्य भैरहेको छ । यता जिल्लाको पूर्वी क्षेत्रका भूपू सैनिकहरुले पनि रामपुरमा विरोध र्यालीसंगै ज्ञापन पत्र बुझाएर निर्णय फिता लिन माग...


