Shittalpati
बाली तथा पशुपंक्षी बीमा सम्बन्धी तालिम

रमेश विश्वकर्मा

गुल्मी । बाली तथा पशुपंक्षी बीमा सम्बन्धी स्थानीय स्रोत व्यक्ति विकासका लागि अभिकर्ता लाई तालिम दिइएको छ । बीमा समितिको समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा तालिम सञ्चालन गरिएको हो । बाली तथा पशुपंक्षी बीमा सम्बन्धी तालिम २ चरणमा ६० जनालाई प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले जानकारी दिए । उनका अनुसार तालिममा जिल्लाका १२ वटै स्थानीयतहबाट सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले गुल्मी पशुपंक्षी तथा कृषि क्षेत्रमा अगाडि रहेकाले यहाँका कृषकहरुलाई बीमासँग जोड्न आवश्यक रहेको बताए । उनले बाली तथा पशुपंक्षी बीमामार्फत कृषकहरुको लगानी सुरक्षित गर्न सकिने दाबी गरे । सहभागिहरुलाई तालिमबाट सिकेका ज्ञानलाई कृषकहरु समक्ष पु¥याई उनीहरुलाई बीमासँग जोड्न आग्रह गरे ।

उनले पशुपंक्षी बीमा सम्बन्धी कृषकहरुले नबुझेको भन्दै अभिकर्ताद्वारा कृषकहरुलाई बुझाउन सहजीकरण गर्नुपर्ने बताए । बीमा कार्यक्रमलाई सरल र सहज बनाउन आवश्यक रहेको बताउँदै बीमा कम्पनीद्वारा पाउनुपर्ने रकम समयमै भुक्तानी गर्न सकेमा बीमा कम्पनीले सबैको मन जित्ने बताए । कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव डा.श्रीराम घिमिरेले यस जिल्लाका सबै पालिकामा यो कार्यक्रमलाई पु¥याउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update