Shittalpati
मृगौला पिडीत पाण्डेलाई आर्थिक सहयोग
मृगौला पिडीत पाण्डेलाई आर्थिक सहयोग तानसेन नगरपालिका १४ अर्गेलीका मृगौला पिडीत झपिन्द्रलाल पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलामा समस्या देखिएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको हो ।
विना धितो सहुलियतपूर्ण कर्जा
विना धितो सहुलियतपूर्ण कर्जा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।
यामाहाको ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ सुनौलो अवसर
यामाहाको ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ सुनौलो अवसर मोटरसाईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहाले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । यामाहाले नयाँ रे जेडआर १२५ एफआई लन्चका लागि भिन्न तयारी पनि गरेको छ ।
भदौ २८ गतेसम्म कोरोना बिमा गर्नेलाई पुरानै व्यवस्था लागू
भदौ २८ गतेसम्म कोरोना बिमा गर्नेलाई पुरानै व्यवस्था लागू बिमा समितिले भदौ २८ गतेसम्मका कोराना बिमा गरेका बिमितको हकमा भने पुरानै व्यवस्था लागू हुने भएको छ । समितिले अहिले नयाँ निमय लागू गरेपनि भदौ २८ गतेभित्र बिमा गरेका बिमितलाई कोभिड–१९ संक्रमण पुष्टि भएमा पुरानै व्यवस्था लागू गरी एकमुष्ठ रकम दिने भएको हो ।
१ असोजबाट हवाई टिकट बुकिङ खुल्ने, गन्तव्य तोक्न बाँकी
१ असोजबाट हवाई टिकट बुकिङ खुल्ने, गन्तव्य तोक्न बाँकी सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।
ढोरपाटनका बाढी प्रभावितलाई सोलार
ढोरपाटनका बाढी प्रभावितलाई सोलार ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १ सय २६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार) प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गरेका हुन् ।
किसानले उत्पादन गरेका कृषि उपज स्थानीय तहले खरिद गरिदिने
किसानले उत्पादन गरेका कृषि उपज स्थानीय तहले खरिद गरिदिने जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । धुर्कोट गाउँपालिकाले कृषि उत्पादनलाई वृद्धि गरी गाउँपालिकालाई आर्थिक समृद्धि गर्ने गरी कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।
औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै
औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
गुल्मीमा ४५ करोड लागतमा सव स्टेशन बन्दै
गुल्मीमा ४५ करोड लागतमा सव स्टेशन बन्दै जिल्लामा ४५ करोड लागतमा विद्युतको सव स्टेशन बन्न लागेको छ । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा रेसुुङ्गा नगरपालिकाको वडा नं.५, ६ र ७ मा पर्ने उनायचौरमा १३२ केभीए विद्युत लाइनको सव–स्टेशन निर्माण हुन थालेको हो ।
सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ प्रहरीले सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मंगलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ...
नेपाल बार एशोसिएशनले ‘विपद् राहत कोष’ स्थापना गर्ने
नेपाल बार एशोसिएशनले ‘विपद् राहत कोष’ स्थापना गर्ने नेपाल बार एशोसिएशनले कोभिड–१९ का कारण दैनिक जीवनयापन गर्न मुस्किल परेका कानुन व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले विपद् राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ । बारको यही भदौ २१ गतेको बैठकले तत्काल आर्थिक सहयोग अत्यावश्यक परेका कानुन व्यवसायीलाई सहयोग गर्न आर्थिक सहयोग गर्न सक्ने कानून व्यवसायीले विपद् राहत कोषमा रकम...
Weather Update