Shittalpati
राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण नगर्ने

पाल्पा । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । विगतका दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको हो । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नोट सहटी नगरिने जानकारी दिएको छ । नोट साट्दा भीडभाड हुने र यसले कोभिड–१९ को संक्रमण बढ्नसक्ने भन्दै नोट नसाट्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो । यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थि रहेको राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।

बडा दशैंको संघारमा आइपुग्दा कोभिड–१९को संक्रमण तिव्र रुपमा बढ्दै गइरहेकोले नयाँ नोट वितरण गर्दा हुन सक्ने भीडभाड नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगरिने सूचनामा उल्लेख गरिएको छ । नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तोकेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुमा बैंकहरुमा भीडभाड हुन नदिने बताएपछि बैंकले यस्तो निर्णय गरेको हो । ‘राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलनसक्ने सम्भावना उच्च भएको परिप्रेक्षमा आम नेपालीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै बडादशैंको प्रयोजनका लागि नयाँ नोटको सटही सुविधा प्रदान नगरिएको व्यहोरा अनुरोध छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा
भनिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update