Shittalpati
पाल्पाली समाज युकेले गर्‍यो पहिरो पीडितलाई आर्थिक सहयोग

कृष्ण पोखरेल
पाल्पा । असोज ८ गते पाल्पा रम्भा गाउँपालिका वडा २ फोक्सिङ्गकोट बेलौजाका पहिरो पीडितहरुलाई पाल्पाली समज युकेले चन्दा रकम उठाएर सहयोग गरेको छ । पाल्पाली समाजक युकेका प्रतिनिधि ईन्द्र थापा, बृहस्पती राना, मगर पत्रकार महासंघका महासचिव देव पचभैया मगर, वडा २ का वडा अध्यक्ष उमानसिंङ्ग सारु सहयोग रकम हस्तान्तरण गरेका छन् । पहिरोमा परी ३ घर परिवारका ६ जनाको मृत्यु भएको थियो । पाल्पाली समाज युकेले पहिरोमा ज्यान गुमाएका हुमबहादुर गाहाको परिवारलाई एक लाख, खुमिसरा आलेको परिवारलाई पचास हजार र मोतीसरा गाहाको परिवारलाई पचास हजार गरी जम्मा दुई लाख रुपैयाँ घरमै पुगी सहयोग गरेको हो ।

पहिरोमा पुरिएर ६२ वर्षीय हुमबहादुर गाहा उनको श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णामाया गाहा र नातिनीहरू १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको ज्यान गएको थियो । पहिरो आउँदा भाग्न नसकी २७ वर्षिया मोतीसरा गाहाको पुरिएर मृत्यु भएको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा रम्भा गाउँपालिका–२ का वडा अध्यक्ष उमानसिंह सारुले गाउँभरी पीडै पीडा छ, पहिरोले पुरिएका घरमा अझै पीडा भएको अवस्थामा बेलायतमा बसेका पाल्पालीहरुको सहयोगले ठूलो राहत मिलेको बताए । आगामी दिनमा दुःखको समयमा साथ दिन वडा अध्यक्ष सारुले सबैमा अनुरोध गरे । बेलायतमा बसोबास गर्दै आएका पाल्पालीहरुले आफ्नो तलवबाट केही रकम बचाएर, चन्दा उठाएर जिल्लामा दुःख परेका स्थानमा सहयोगको हात बढाएको पत्रकार एवं सहजकर्ता देव पचभैयाले बताए । दुःखमा परेका जिल्लावासीको लागि सहयोग रकमले राहत मिलोस् भनी यो अभियान सञ्चालन गर्दै आएको पाल्पाली समाज युकेले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update