Shittalpati
विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

पाल्पा, नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो ।

इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् । दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने ऋणपत्र खरिदको बोलकबोल मंगलबार हुनेछ । यस्तै राष्ट्र बैंकले २६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल समेत बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update